रामेछाप । समाजसेवी, पत्रकार, साहित्यकार जगदीश घिमिरेको १० औँ स्मृति दिवस घिमिरेको सम्झना गर्दै घिमिरे द्वारा लिखित पुस्तक अन्तर्मनको यात्राको व्याख्या गर्दै मन्थलीमा सम्पन्न भएको छ । तामाकोसी सेवा समिति, जगदीश घिमिरे प्रतिष्ठान, मन्थली बचत तथा ऋण सहकारी संस्था, तामाकोसी अस्पताल मन्थलीको संयुक्त आयोजनामा जगदीश घिमिरेलाई सम्झँदै १० औँ स्मृति दिवस सम्पन्न भएको हो ।
तामाकोसी सेवा समिति, जगदीश घिमिरे प्रतिष्ठान, मन्थली बचत तथा ऋण सहकारी संस्था, तामाकोसी अस्पताल मन्थलीले आफ्नो संस्थाको संस्थापक तथा संरक्षक घिमिरेको सम्झनामा प्रत्येक वर्ष स्मृति दिवस मनाउने गरेको र सोही अनुसार यस वर्ष पनि आयोजना गरेको मन्थली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोविन्द घिमिरेले बताए ।
तामाकोसी सेवा समितिका अध्यक्ष गुन्ज बहादुर श्रेष्ठको अध्यक्षतामा भएको स्मृति सभामा बोल्दै पत्रकार महासङ्घ रामेछापका अध्यक्ष बद्री नयाँघरे, तामाकोसी अस्पतालका प्रबन्ध निर्देशक डाक्टर सुमन कर्माचार्य अन्तर्मनको यात्राको चर्चा परिचर्चा गरेका थिए । अन्तर्मनको यात्रा नामक पुस्तकले भूगोल देखी इतिहास र विज्ञानको समेत कुरा समेट्दै रामेछापको पहिचान समेत उल्लेख गरेको बताए । कार्यक्रममा उक्त संस्थाका सदस्य, कर्मचारी लगायत जिल्लाका पत्रकार र सामाजिक व्यक्तिहरूको सहभागिता रहेको थियो ।