चनखुमा कांग्रेस द्वारा स्वास्थ्य समाग्री हस्तान्तरण

रामेछाप । नेपाली कांग्रेस मन्थली नगरपालिका–१० चनखु–काठमाण्डौं सम्पर्क समिति द्वारा चनखु स्वास्थ्य चौकीलाई स्वास्थ्य समाग्री हस्तान्तरण गरेको छ । विश्वमा माहमारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) जिल्लामा समेत देखीन थालेपछी औषधी लगाएत अन्य स्वास्थ्य समाग्रीको अभाव हुन सक्ने भन्दै स्वास्थ्य समाग्री हस्तान्तरण गरेको हो । तत्काल स्वास्थ्य समाग्री लगाएत औषधी अभाब नभएपनी भोलिका दिनमा कोरोना संक्रमितको संख्या बढ्दै जादा अभाब हुन सक्ने भन्दै स्वास्थ्य चौकीलाई स्वास्थ्य समाग्री उपलब्ध गराएको नेपाली कांग्रेस मन्थली नगरपालिका–१० चनखु–काठमाण्डौं सम्पर्क समितिका सभापती मोहन बुढाक्षेत्रीले बताए । मन्थली नगरपालिका–१० चनखु स्थायी घर भई काठमाण्डौमा बसोवास गर्ने कांग्रेस निकट ब्यक्तीहरुको सहयोगमा स्वास्थ्य संस्थालाई आवश्यक सुरक्षा समाग्री हस्तान्तरण गरेको हो । मन्थली नगरपालिका–१० चनखुका नेपाली कांग्रेसका सभापती गोपाल तमाङ्ग र सम्पर्क समितिका सभापती मोहन बुढाक्षेत्रीले पिपिइ सेट ५ थान, थर्मल गन २ थान, अक्सोमीटर २ थान लगाएत २० प्रकारका औषधी औषधी चनखु स्वास्थ्य चौकीका प्रमुख सरोज शर्मालाई हस्तान्तरण गरिएको नेपाल तरुण दलका क्षेत्रिय सदस्य तथा नेपाली कांग्रेस मन्थली नगरपालिका–१० चनखु–काठमाडौं सम्पर्क समितीका सल्लाहकार सदस्य हरिबिक्रम कार्कीले जानकारी दिए ।

Facebook Comments Box