चट्याङ लागेर भुजीमा एक बालिका घाइते

रामेछाप । उमाकुण्ड गाउँपालिका –७ भुजीमा चट्याङ लागेर एक बालिका घाइते भएकी छिन् । घरमा बसीरहेको अवस्थामा शुक्रबार साँझ करिब साँढे छ बजेको समयमा परेको चट्याङ लागेर अम्बर बहादुर खड्काको ४ वर्षीया छोरी स्वस्तिका खड्का घाइते भएकी हुन् । घाइते बालीकाको अहिले स्वास्थ्य चौकी भुजीमा सामान्य उपचार पछि सदरमुकाम मन्थलीमा रहेको तामाकोशी अस्पतालमा उपचार भइरहेको छ । वालीकाको बाँया आँखा र निधारमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक तथा सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिए । सूचना अधिकारी श्रेष्ठका अनुसार चट्याङको कारण भुकम्पपछि बनेको भुकम्प प्रतिरोधी घरमा समेत क्षति पुगेको छ ।
Facebook Comments Box