गेलुमा सनराइजको शाखारहित बैकिङ्ग सेवा सञ्चालनमा

Written by meropradesh creator

१७ माघ २०७७, शनिबार

रामेछाप । सनराइज बैंक लिमिटेडले मन्थली नगरपालिका वडा नं–११ गेलुको सावाडाँडामा ६७ औं शाखारहित बैकिङ्ग सेवा शनिवारवाट सञ्चालनमा ल्याएको छ ।
मन्थलीको गेलुमा बिशेषगरी कृषि र रेमिट्यान्स मुख्य आयश्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुलाई बैकिङ्ग पहुँच बढाउने उद्धेश्यका साथ शाखारहित बैकिङ्ग सेवा संञ्चालनमा ल्याइएको सनराइज बैंक लिमिटेड मन्थलीले जनाएको छ । सो शाखारहित बैकिङ्ग सेवाको उद्घाटन मन्थली नगरपालिकाकी उप–प्रमुख मायाकुमारी कार्कीले एक कार्यक्रमको आयोजना बिच गरेकी थिइन ।
बैंकको सेवा पाउन नसकेका ग्रामिण भेगका नागरिकहरुलाई बैकिङ्ग सेवाको माध्यमवाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानमा शाखा रहित बैकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोवार गर्न सकिने गरि नागरिकहरुलाई सेवा प्रदान गरिने सनराइज बैंक मन्थली शाखाका प्रबन्धक रमेशराज सुबेदीेले जानकारी दिए ।
उनले भने– यस अघि बैकिङ्ग सेवा लिन सदरमुकाम मन्थलीसम्म धाउँदै आएका गेलुका नागरिकहरुले अब उक्त सेवा लिन सदरमुकाम मन्थली आइरहनु पर्दैन् । अब गाउँमै निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु सहजै नागरिकले पाउने प्रबन्धक सुबेदीले बताए ।
सनराइज बैंकले हालसम् १ सय ३९ वटा शाखा, ६७ वटा शाखारहित बैकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १ सय ६१ वटा एटिएम मार्फत ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा दिदै आएको छ । सो बैंकले बैकिङ्ग सेवावाट वञ्चित रहँदै आएका नागरिकहरुलाई ध्यानमा राखेर बैकिङ्ग सेवा थप गर्दै जाने जनाएको छ ।

Related Articles

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...