गेलुको दुई लिफ्ट खानेपानीको लागी ७ करोड बजेट

रामेछाप । मन्थली नगरपालिका वडा नम्बर ११ र १२ गेलुमा लिफ्ट खानेपानी योजनाको लागी ७ करोड बजेट थप भएको छ । मन्थली नगरपालिका वडा नम्बर ११ मा तामाकोशी नाटीला लिफ्ट खानेपानी योजना र वडा नम्बर १२ गेलुमा गेलु लिफ्ट खानेपानी योजनाको लागी बजेट थप भएको हो । केही बर्ष अघि काम शुरु गरी बजेट अभाबमा काम राकीएको थियो । दुबै लिफ्ट खानेपानी निर्माण सम्पनन भए पछी गेलुका झण्डै १८ सय घरधुरीले खानेपानीको समस्या झेल्न पर्ने छैन ।
गेलु लिफ्ट खानेपानीको लागि ४ करोड र नाटिला लिफ्ट खानेपानीको लागि ३ करोड रकम सुनिश्चित भएकोले सोही अनुसार काम गर्न अर्थ मन्त्रालयले खानेपानी मन्त्रालयलाई पत्रचार गरेको छ । अर्थ मन्त्रालयको शाखा अधिकृत इन्दिरा दाहालद्धारा हस्ताक्षर गरिएको पत्रमा भनिएको छ–दुवै लिफ्ट खानेपानी आयोजनहरु केन्द्रीय खानेपानी आयोजनाबाट हटाई प्रदेश सरकार मार्फत कार्यान्वयन हुने निर्णय भएकोले भौतिक पूर्वाधार विकास मन्त्रालय बागमती प्रदेशबाट माग भएको थप बजेटको सीमा ननाघ्ने गरी ७ करोड थप बजेट वित्तीय हस्तान्तरणका लागि अनुरोध भइ आएको विषय पेश हुँदा संघीय आयोजनाको रुपमा रहेका दुई आयोजनालाई प्रदेशमा हस्तान्तरण गर्न र सोही आयोजनामा विनियोजित रकमबाट ७ करोड सम्म खरिद प्रक्रिया अगाडि बढाई कार्य प्रगतिका आधारमा उपुरोक्त सीमा भित्रको रकम सशर्त अनुदानको रुपमा वित्तीय हस्तान्तरण गर्ने मिति २०७७।१२।३० मा अथ मन्त्रालयको मन्त्रीस्तरीय निर्णय भएको व्यहोरा अनुरोध छ पत्रमा भनिएको छ

Facebook Comments Box