गृहमन्त्रीविरुद्ध कालीकोटमा प्रदर्शन

कालीकोट ःकालीकोटमा गृहमन्त्री रामबहादुर थापाविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । नेकपाको ओली समूहको कार्यक्रमलाई सम्बोधन गर्न कालीकोट पुगेका गृहमन्त्री थापाविरुद्ध टायर बालेर प्रदर्शन नै गरिएको हो । प्रचण्ड नेपाल समूहका कार्यकर्ताले मन्त्री थापाविरुद्ध कालो झण्डा र कालो बेलुन प्रदर्शनसमेत गरेका छन्। गृहमन्त्री रामबहादुर थापा बादललाई प्रचण्ड नेपालले पक्षले विरोध गरेको हो। कार्यक्रमस्थलदेखि १०० मिटर टाढा टायर बालेका थिए। ३० मिनेटपछि सशस्त्र प्रहरी बल र प्रहरीको टोलीले प्रदर्शनस्थल नियन्त्रण लिएको थियो।
नेकपा विभाजनपछि सरकारका मन्त्रीहरु सरकारी कार्यक्रमभन्दा गुटका गतिविधिमा बढी सक्रिय बन्दै आएका छन् । कालीकोट कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गृहजिल्ला हो ।

Facebook Comments Box