गुन्सी र दिमिपोखरी फाईनलमा

Written by meropradesh creator

१६ चैत्र २०७७, सोमबार

रामेछाप । कालिका युवा क्लब दोरम्बाले आयोजना गरेको जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाइनलमा सुनापती गाउँपालिका वडा नं १ गुन्सी र वडा नं २ दिमिपोखरी प्रवेश गरेको छ । दोरम्बा गाउँपालिका संगको सहर्कायमा आयोजना गरेको जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल खेलमा सुनापती गाउँपालिका वडा नं १ गुन्सिले दोरम्बा गाउँपालिका वडा नं ५ लाई २–० को सोझो सेटमा हराउदै फाइनलमा प्रबेश गरेको हो । खेल यहि चैत्र १४ गते देखी दोरम्बा गाउँपालिका वडा नम्बर ६ रिष्ठेमा भइरहेको छ ।
त्यस्तै गरी भएको अर्को खेलमा पनी सुनापति गाउँपालिका वडा नं २ दिमिपोखरीले आयोजक कालिका क्लब ( ए)लाई २–० को सोझो सेटमा हराउदै फाइनल प्रवेश गरेका हुन् । अब आज हुने फाइनल खेलमा सुनापती गाउँपालिका वडा नं १ गुन्सी र सोही गाउँपालिका वडा नं २ दिमिपोखरी बिच खेल हुने छ । आज दिउसो एक बजे बाट खेल हुने आयोजकले जनाएको छ । खेलमा प्रथम हुने टिमले नगद १ लाख रुपैयाँको साथमा शिल्ड,मेडल र प्रमाण प्रत्र पाउने छ भने दोस्रो हुने टिमले नगद ६० हजारको साथमा शिल्ड,मेडल र प्रमाण प्रत्र पाउने आयोजकले जनाएको छ ।

Related Articles

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...