गुणस्तरहिन दानाका कारण किसान मारमा,

Written by meropradesh creator

५ माघ २०७७, सोमबार

काठमाडौ । गुणस्तरहिन दानाका कारण किसान मारमा पर्ने गरेको छ । सरकारले व्यवसायिक पशुपालन गर्नका किसानहरुका लागि आकर्षित गरिरहेका बेला पशुहरुको प्रमुख आहारका रुपमा विकसित हुँदै आएको दाना गुणस्तरहीन हुदा पशुहरुमा विभिन्न खाले रोगको संक्रमण हुने गरेको पाइएको छ ।
पशुहरुको प्रमुख आहारका रुपमा विकसित हुँदै आएको गुणस्तरहीन दाना मुलुकभर छ्यास छ्यास्ती पाइन थालेको छ । पशुहरुको आहारका रुपमा गुणस्तरहीन दानाका कारण पशुहरुमा विभिन्न खाले रोगको संक्रमण हुने पशु चिकित्सकहरुले नै बताउँदै आईरहेका पनि छन् ।
तर, मुलुकभर विक्री वितरण भईरहेका दानाको गुणस्तर प्रति सरकार बेखवर बनिरहेको छ । जसले गर्दा भावी दिनमा आईपर्ने संकटको जिम्मेवारी सरकारले थेग्न सक्ला वा नसक्ला खासै चासो दिएको छैन ।
‘जव राती अनि बुढी ताती’ भनेजस्तै रोग लागेपछि उपचारको खोजी गर्नु भन्दा रोग लाग्नै नदिन सरकार सचेत हुनु पर्ने हो त्यो देखिएको छैन । नेपालमा दुधजन्य बस्तुका लागि होस् वा मासुजन्य बस्तुका लागि पशुपालन गर्ने लहर बढ्दै गएको छ ।
परम्परागत रुपमा पशुपालन गर्दै आईरहेका किसानहरु व्यवसायिकतातिर ढल्कँदै गरेको अवस्थामा त्यसलाई आवश्यक महत्वपूर्ण बस्तुहरुमा निगरानी बढाउनु पर्ने थियो तर कहि कतैंपनि देखिएको छैन । पशु स्वास्थ्यका लागि डिङ्ग हाँक्ने पश ुअधिकार कर्मीहरुले पनि गुणस्तरहिन खाद्यान्न पशुहरुका लागि उत्पादन गरिरहेका उत्पादकहरुको गलत कार्य विरुद्ध बोल्न सकेका देखिँदैनन् ।पशुले खाने खाद्यबस्तुबाट नै उसले दिने उत्पादनको गुणस्तर भरपर्ने भएकाले पनि गाईभैसी होस् वा कुखुरा नै किन नहोस् ती पशुहरुले उपभोग गर्ने दानाहरु गुणस्तरीय हुनु अनिवार्य छ । विडम्बना तर, नेपाल सरकारको स्वीकृति लिएर पशु आहारका रुपमा दाना उत्पादन गर्दै आईरहेका अधिकांश दाना उद्योगहरुको दाना गुणस्तरहीन हुँदै गईरहेको छ ।
दाना उत्पादन गर्नेहरुले दाना उपभोग गराउनका लागि अन्य खाद्य बस्तुहरु जस्तै उत्पादन मिति र त्यसको प्रयोग गर्न सक्ने मिति स्पष्ट राख्नु पर्ने प्रावधानलाई लत्याउँदै आईरहेका देखिन्छन् । दाना उद्योगका लागि प्रमुख केन्द्रका रुपमा रहेको चितवनबाट उत्पादित दाना उद्योगहरुले आफूले उत्पादन गर्ने दानाको निश्चित मापदण्ड पूरा समेत गरेको देखिँदैन ।
स्थानीय रुपमा मुलुक भित्रै उत्पादन भएका दानामा मात्र होइन छिमेकी राष्ट्रमा उत्पादन भएर नेपालमा विक्री भईरहेका दानाहरुको पनि अवस्था उस्तै रहेको छ । सोझा किसानहरुलाई उद्योगहरुले गुणस्तरहीन दाना उत्पादन गरी विक्री वितरण गरेर सिधै ठगिगरिरहेको चितवनका अधिकांश व्यवसायिक रुपमा पशुपालन गर्ने किसानहरुले कृषिलाई बताएका छन् ।
सरकारले किसानका लागि आवश्यक बस्तुहरुको गुणस्तरताको बारेमा अनुगमान तथा नियमन नगर्नाले किसानहरु बाध्यताले मारमा पर्नुपरेको किसानहरुको तर्क छ ।
छिमेकी राष्ट्र भारतमा यतिखेर वर्डफ्लुको समस्या देखिएका बेला कुखुरालाई ख्याउने गुणस्तरहीन दानाका कारण विगतमा जस्तै बडर््फ्लु रोगको संक्रमण फैलने सक्ने उनीहरुको आरोप छ ।
त्यस्तै व्यवसायिक रुपमा गाईभैसी पालन गरिरहेका किसानहरु पनि आफूहरुले बजारबाट ल्याउने दानाहरु गुणस्तरहीन भएका कारण आफ्ना गाईबस्तुमा थुनेलो हुने, दुध कम दिनेमात्र होइन विरामी समेत पर्ने गरेको जस्ता समस्या आएको भएपनि गुनासा गर्ने ठाउँ नभएकै कारण सहनुको विकल्प नरहेको बताउँछन् ।

चितवनका अधिकांश पशुपालन व्यवसायमा संलग्न किसानहरुले गाईभैसी तथा कुखुराहरुलाई उपयोग गर्ने दानाहरुको गुणस्तर परीक्षणका लागि पटक पटक आग्रह गर्दा पनि सफल नभएको बताउँछन् ।
किसानहरुले दाना गुणस्तरहीन भएको र त्यसकै कारण आफ्ना पशुहरुमा विभिन्न खाले समस्या देखिएकाले जिल्ला पशु सेवा कार्यालय पुग्ने गरेको भएपनि दानाको गुणस्तर हेर्ने जिम्मेवारी आफूहरुसँग नभएको विभिन्न जिल्लामा रहेको पशु अस्पतालका प्रमुखहरुले बताउँदै आएका छन् ।
गुणस्तरहीन दाना विक्री गरेर उत्पादकहरु मोटाउँदै आएको भएपनि किसानहरु चर्को मारमा परेका छन् । गुणस्तरहीन दाना उत्पादन गरी विक्री वितरण गरिरहेका यस्ता दाना उद्योगहरु प्रति अनुगमन तथा नियमन गर्ने कार्यका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अलि चासो देखाउनु पर्ने बेला आएको छ । पशु पालन व्यवसायलाई प्रवद्र्धन गर्दै आईरहेको पशु दानाको नियमन गर्ने निकायले त्यस तर्फ अलि चासो देखाउने बेला आएको छ ।

Related Articles

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...