गाउँ र नगरपालिकालागि सामान्य प्रशासनको परिपत्र

Written by meropradesh creator

२७ फाल्गुन २०७७, बिहीबार

रामेछाप । नेपालका सबै गाउँपालिका र नगरपालिकालाई आ–आफ्नो तहको स्वमूल्याङ्कन गरी प्राप्त नतिजालाई मन्त्रालय पठाउन पत्रचार गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै गाउँपालिका र नगरपालिकाहरुलाई प्राप्त नतिजालाई मन्त्रालयबाट तयार गरिएको सफ्टवेयरमा प्रविष्टि गर्ने व्यवस्था मिलाउन समेत भनेको छ ।
स्थानीय तहको संस्थागत क्षमताको स्वमूल्याङ्कनबाट नेपालको संविधान तथा प्रचलित कानुनको मर्म र भावना अनुसार स्थानीय तह सञ्चालन गर्न, स्थानीय तहका असल अभ्यासलाई संस्थागत गर्न तथा सुधार गर्नु पर्ने विषयलाई समयमै पहिचान गरी स्थानीय तहको प्रवभकारीता वृद्धि गर्न सहयोग पुग्ने भएकोले मन्त्रालयबाट स्वीकृत कार्यविधि अनुसार प्रदेशस्तरीय प्रशिक्षहरुको सहयोग लिई प्राप्त नतिजा राख्न भनेको छ ।


स्थानीय तहको स्वमूल्याङ्कनमा सहयोग पु¥याउन मन्त्रालयले सातै प्रदेशमा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिसकेको र उक्त प्रशिक्षण कार्यक्रममा सहभागी भएका प्रशिक्षकहरूलाई प्रदेश प्रशिक्षण प्रतिष्ठान तथा प्रदेश सुशासन केन्द्रमार्फत स्थानीय तहको स्वमूल्याङ्कन कार्यमा सहजीकरण गर्न खटाउने व्यवस्था मन्त्रालयले मिलाएको छ ।

Related Articles

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...