गाउँगाउँमा सडक पुगेसँगै ब्यवसाय गर्ने बढे,उपभोक्तालाई सहज

Written by meropradesh creator

१२ भाद्र २०७९, आईतवार

चित्रमाया श्रेष्ठ (बिमला)

रामेछाप । राजधानी काठमाण्डौं तथा तराइका जिल्ला हुँदै रामेछापका ८ वटै स्थानिय तहका वडास्तरसम्म सडक संञ्जाल जोडिएसँगै व्यापार व्यवसाय गर्ने बढेका छन् । जसकाकारण उपभोक्ताहरुले दैनिक उपभोग्य सामाग्रीहरु गाउँमै सहज रुपले पाउन थालेका छन् ।

गाउँमा सडक नपुग्दा भरिया लगाएर ढुवानी गर्नुपर्दा चर्को मूल्य पर्ने खाद्यान्नहरु अहिले गाउँगाउँमा निमार्ण गरिएका कच्ची सडकहरुमा पनि नियमित रुपमा मालवाहक सवारीसाधनहरु संचालन हुदाँ गाउँमै सुलभ मुल्यमा खाद्यान्न तथा निमार्ण सामाग्रीहरु लगाएतका दैनिक उपभोग्य वस्तुहरु पाउन थालेको स्थानिय उपभोक्ताहरु बताउँछन ।

गाउँमा सडक निमार्ण भएसँगै सहजै मालवाहक सवारी साधनहरु संचालन हुन लागेपछि रामेछापका उत्तरी क्षेत्रमा पर्ने उमाकुण्ड गाउँपालिका अन्तर्गत गुम्देल, वाम्ती, प्रिती, भुजी, कुवुकास्थली लगाएतका विकट गाउँहरुमा अहिले खाद्यान्न सहजै रुपमा उपलव्ध हुन थालेपछि ग्रामिण भेगमा वसोवास गर्ने उपभोक्ताहरुलाई सहज भएको उमाकुण्ड गाउँपालिकाका नागरिक अगुवा झपडराज भण्डारी जानकारी दिए ।

उनले भने–अहिले गाउँसम्म सडक विस्तार सँगै बाह्रै महिना यातायातका साधनहरु नियमित गुड्न थालेपछि गाउँमै खाद्यान्न लगाएतका दैनिक उपभोग्य वस्तुहरु सहज तरिकाले पाउनुको साथै भरियालाई बोकाएर ल्याएको भन्दा स्थानियहरुले सस्तो मूल्यमा खाद्यान्न लगाएत दैनिक उपभोग्य सामाग्रीहरु पाउन थालेका बताए ।


पहिला सडक गाउँसम्म नपुग्दा छिमेकी जिल्ला दोलखाको जिरीवाट भरिया लगाएर गुम्देल पुरयाउदा एक वोरा (३० केजी) चामलको मुल्य ३ हजार रुपैयाँसम्म उपभोक्ताहरुले तिर्नुपर्ने वाध्यता थियो । तर अहिले सडक संचालन भएसँगै सवारीसाधनहरु गुड्न थालेपछि गाउँमै उक्त चामल प्रतिवोरा १ हजार ५ सय रुपैयाँ देखी १ हजार ७ सय रुपैयाँमा पाउन लागेको गुम्देलका व्यवसायी टासी शेर्पाले जानकारी दिइन ।

उनले भनिन्– सडक संञ्जाल जोडिएसँगै खाद्यान्न मात्र हैन अन्य दैनिक उपभोग्य सामाग्री र निमार्ण सामाग्रीहरु समेत सरल मुल्यमा गाउँमा नै पाउन लागेपछि दुर्गम गाउँका उपभोक्ताहरुलाई निकै सहज भएको छ । गाउँमा जोडिएको सडक नियमित रुपमा संचालन भए आगामी दिनमा समेत सहज हुने शेर्पा बताउँछिन ।

गाउँमा सडक नहुँदा भरिया लगाएर सामानहरु वोकाउनु पर्दा कम हैरान थिएन स्थानिय व्यवसायी सुरज श्रेष्ठ भन्छन् । पैसा दिन्छु भन्दा पनि भरिया नपाउने समस्या थियो अब त्यो दिन सदाको लागि अन्त्य भएको छ । गाउँमा संचालन भएको सडकलाई दिगो रुप दिन सके अब भरिया नचाहिनेमा हामीहरु ढुक्क छौं श्रेष्ठ भन्छन् ।


जिल्लाको २ नगरपालिका र ६ वटा गाउँपालिका रहेको रामेछापका ६४ वडामा नै कच्ची सडकले छोएको छ । गाउँगाउँसम्म सडक विस्तार भएता पनि अधिकासं स्थानमा वर्षातको समयमा यातायातका साधनहरु संचालन हुन नसक्ने भएकाले लेकाली भुभागका उपभोक्ताहरुले हिउँदकै समयमा खाद्यान्न लगाएत दैनिक उपभोग्य सामानहरु ढुवानी गरेर संकलन गर्नुपर्ने वाध्यता रहेको उपभोक्ता मञ्च रामेछापका अध्यक्ष रामचन्द्र कँडेलले जानकारी दिए ।

उनले भने–गाउँगाउँसम्म खनिएका कच्ची सडकलाई वर्षैभरी नियमित रुपमा यातायातका साधनहरु सञ्ंचालन गर्नसके आम रामेछापका उपभोक्ताहरुले सहज र सस्तो मूल्यमा खाद्यान्न लगाएत निमार्ण सामाग्रीहरु खरिद गर्न सक्ने हुँदा स्थानिय तहले गाउँसम्म जाने सडकहरु मर्मत सम्भारको लागि विशेष ध्यान दिनुपर्ने बताए ।

गाउँगाउँमा सडक विस्तारसँगै व्यापार व्यवसाय संचालन गर्ने व्यवसायीहरु बढेको रामेछाप उद्योग बाणिज्य संघका महासचिव नवराज ढुंगेलले जानकारी दिए । उनले भने–सडक सञ्जालले छोएका अधिकासं गाउँमा अहिले व्यवसाय गर्ने व्यापारीहरु बढेका छन् । अहिले जिल्लामा करिव ६ हजारको हाराहारीमा व्यवसायीहरु रहेका छन् ।

गाउँका अधिकासं सडकहरु कच्ची र वर्षातको समयमा सवारीसाधन गन्तव्यसम्म पुग्न नसक्दा गाउँसम्म पुग्ने दैनिक उपभोग्य वस्तुको मूल्यमा केही तलमाथी हुने भएपनि उपभोक्ताहरुले खरिद गर्न सहज भएको महासचिव ढुंगेल बताउँछन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

३ जना सवारी चालक प्रहरी नियन्त्रणमा

३ जना सवारी चालक प्रहरी नियन्त्रणमा

रामेछाप । लागु पदार्थ सेवन ( ला.प.से.) गरी सवारी चलाउने ३ जना सवारी चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले नियन्त्रणमा लिएको छ ।आइतबार दिउसो मन्थली अस्पतालको समन्वयमा मन्थली नगरपालिका वडा नं.१ भैशेश्वरमा गरिएको लागु पदार्थ सेवन सम्पन्धी चेक जाँचको क्रममा तिन...

गौरीशंकर बहुमुखी क्याम्पसको नयाँ भवन बन्दैं

गौरीशंकर बहुमुखी क्याम्पसको नयाँ भवन बन्दैं

रामेछाप । रामेछापको पुरानो सदरमुकाम रामेछापमा रहेको गौरीशंकर बहुमुखी क्याम्पसको नयाँ भवन निर्माण हुने भएको छ । आफ्नो भवन हुदाँ हुदै पठन पाठनमा समस्यामा व्यहोर्दै आएको क्याम्पसले अब भने सुविद्या सम्पन्न भवन पाउँने भएको छ । भवन निर्माणको लागि विश्व विद्यालय अनुदान...

मन्थली नगरपालिकाको सहयोगमा कपडा डिजाइन सम्बन्धि तालिम शुरु

मन्थली नगरपालिकाको सहयोगमा कपडा डिजाइन सम्बन्धि तालिम शुरु

रामेछाप । मन्थली नगरपालिकाको सहयोगमा जिल्ला सदरमुकाम मन्थलीमा १५ दिने एडभान्स लेडिज फेसन डिजाइन कटिङ तथा सिलाई तालिम सुरु भएको छ । नगरपालिकाको सहयोगमा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रामेछापको आयोजनामा जिल्ला भित्र व्यवसायी रूपमा काम गर्दै आएका २० जना महिलाहरूको...