गठबन्धन संविधानको रक्षा र समृद्ध नेपालका लागि : कांग्रेस नेता महत

Written by meropradesh creator

२९ आश्विन २०७९, शनिबार

रामेछाप । संविधानको रक्षा र समृद्ध नेपालको लागी अहिलेको गठबन्धन आवश्यक रहेको नेपाली कांग्रेसका पार्टि प्रवक्ता डा. प्रकाश शरण महतले बताएका छन् । नेपाली कांग्रेस रामेछाप काठमाण्डौं सम्पर्क समितिका अध्यक्ष राजनारायण श्रेष्ठको अध्यक्षतामा शनिबार नेपाली कांग्रेस रामेछाप काठमाण्डौं सम्पर्क समिति र नेकपा माओवादी रामेछाप काठमाण्डौं सम्पर्क मञ्चले सयुक्त रुपमा काठमाण्डौमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता महतले गठबन्धन संविधानको रक्षा र समृद्ध नेपालका लागि भएको बताएका छन् ।

नेपाली कांग्रेसका सर्मथक तथा कार्यकर्ताले नेकपा माओवादीका नेतालाई र नेकपा माओवादीका सर्मथक तथा नेता कार्यकर्ताले कांग्रेसलाई मत नदिदा संबिधान बिरोधिहरु सत्तामा पुग्ने भन्दै गठबन्धनका उम्मेरदवारहरुलाई एक ढिक्का भएर मत हाल्न पर्ने बेला आएको बताएका छन् ।
देशको आवश्यकता अनुसार गठबन्धन कायम रहने भन्दै महतले सोही अनुसार स्थानीय तह चुनावमा गठबन्धन भएको, अहिले पनि आवश्यक रहेको र चुनावपछि पनि गठबन्धन निरन्तर अघि बढ्ने बताए संविधानलाई संस्थागत रुपमा कार्यान्वयन गर्नका लागि गठबन्धन प्रतिबद्ध रहेको नेता महतको भनाइ छ । यद्यपि संविधानमा भएको भावना, मर्मलाई कार्यान्वयन गर्ने चुनौती पनि गठबन्धन सामु रहेको उनको भनाई रहेको छ ।

नेता महतले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनाव सत्ता गठबन्धनले जिते मात्र देशले लय समात्ने दाबी गरेका छन् । गठबन्धन सरकारले नै देशमा पर्यावरणमैत्री अर्थतन्त्रलाई अघि बढाउने उनको दाबी छ । नेकपा एमाले सत्तामा रहदा देशको अर्थतन्त्र डमाडोल बनाएर छाडेको कारण अहिले देशको अर्थतन्त्र धरासय भएको भन्दै अब बल्ल लयमा आउन लागेको बताए ।

देशमा समृद्धिको विकल्प नरहेको भन्दै नेता महतले त्यसका लागि सबैभन्दा पहिला नेपाली युवाहरुलाई देशभित्रै रोजगारी प्राप्त गर्ने अवसर सिर्जना गर्नुपर्ने बताएका छन् । ’देशमा अब समृद्धिको विकल्प छैन, नेपाली युवाहरु देशभित्रै रोजगारी प्राप्त गर्ने अवसर सिर्जना गर्नुछ, रोजगारीको लागि वैदेशिक निर्भरताको अन्त्य गर्नुछ, त्यसका लागि समृद्धि आवश्यक छ, समृद्धिका लागि लगानी आवश्यक छ, लगानीको लागि लगानीमैत्री वातावरण, सुशासन, स्थायित्व आवश्यक छ, त्यसका लागि गठबन्धनको बाटोमा हामी छौँ, गठबन्धनमा रहेर हामीले निर्वाचन जित्यौँ भने, देशले लय समात्छ’–महतले भने ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

गस्तीमा खटिएका दुई जना प्रहरीको मोटरसाइकल दुर्घटनामा ज्यान गयो

गस्तीमा खटिएका दुई जना प्रहरीको मोटरसाइकल दुर्घटनामा ज्यान गयो

रामेछाप । सिन्धुलीमा गस्तीमा खटिएका दुई जना प्रहरीको मोटरसाइकल दुर्घटना हुँदा ज्यान गएको छ । सिन्धुलीको फिक्कल गाउँपालिका –५ झगडेँबेसी स्थित भित्री कच्ची सडकखण्डको सोल्पाडाँडाबाट प्रहरी चौकी तर्फ फर्कने क्रममा प्रदेश ३–०२–००१ ब ४७९ नम्बरको मोटरसाइकल दुर्घट्ना हुदा दुई...

३ जना सवारी चालक प्रहरी नियन्त्रणमा

३ जना सवारी चालक प्रहरी नियन्त्रणमा

रामेछाप । लागु पदार्थ सेवन ( ला.प.से.) गरी सवारी चलाउने ३ जना सवारी चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले नियन्त्रणमा लिएको छ ।आइतबार दिउसो मन्थली अस्पतालको समन्वयमा मन्थली नगरपालिका वडा नं.१ भैशेश्वरमा गरिएको लागु पदार्थ सेवन सम्पन्धी चेक जाँचको क्रममा तिन...

गौरीशंकर बहुमुखी क्याम्पसको नयाँ भवन बन्दैं

गौरीशंकर बहुमुखी क्याम्पसको नयाँ भवन बन्दैं

रामेछाप । रामेछापको पुरानो सदरमुकाम रामेछापमा रहेको गौरीशंकर बहुमुखी क्याम्पसको नयाँ भवन निर्माण हुने भएको छ । आफ्नो भवन हुदाँ हुदै पठन पाठनमा समस्यामा व्यहोर्दै आएको क्याम्पसले अब भने सुविद्या सम्पन्न भवन पाउँने भएको छ । भवन निर्माणको लागि विश्व विद्यालय अनुदान...