रामेछाप । नेपाली सेनाले एकै पटक ४ हजार सैनिक जवान भर्ना गर्ने गरी सूचना प्रकाशन गरेको छ ।
सेनाको भर्ना छनौट निर्देशनालयले खुला तथा समावेशी प्रतिस्पर्धा छनौट गर्ने गरी ४ हजार सैनिक जवान भर्ना गर्ने गरी दरखास्त आव्हान गरेको हो । सेनाले गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरी खुलातर्फ २ हजार ९८ जना र बाँकी अन्य संख्या समाबेशी कोटामा भर्ना गर्ने जनाएको छ ।
सेनामा दरखास्त दिन चाहने नागरिकहरुले सेनाले तोकेका देशका विभिन्न भर्ना केन्द्रवाट बैशाख १६ गतेसम्म १५० रुपैयाँ दस्तुर तिरी दरखास्त फाराम बुझाउन सक्नेछन् । जवान पदका लागि न्युनतम शैक्षिक योग्यता न्युनतम कक्षा ८ पास गरेको हुनुपर्ने र पुरुषका लागि उचाई न्युनतम ५ फिट ३ इन्च र महिलाको लागि न्युनतम ५ फिट उचाई हुनु पर्ने सूचनामा उल्लेख गरिएको छ ।