काठमाडौँ । पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा लगिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाँणलाई काठमाडौँ प्रहरी परिसर टेकुको हिरासतमा राखिएको थियो । आज खाँणलाई बयानका लागि प्रहरीले केही बेरअघि सरकारी वकिल कार्यालयमा लगेको हो ।
पूर्वगृहमन्त्री खाँणलाई हिरासतमा राखेर अनुसन्धानका लागि आइतबार चार दिनको म्याद थप गरिएको थियो । यसअघि आइतबार खाँणका निजी सचिव नरेन्द्र केसी र पूर्वगृहसचिव टेकनारायण पाण्डेको बयान सकिएसँगै पक्राउ परेका ११ जनाको बयान सकिएको छ । तर सरकारी वकिल कार्यालय र प्रहरीले आवश्यक परे थप बयान लिन सक्नेछन् ।