कोरोना संक्रमन बाट ५४ जनाको मृत्यु

काठमाण्डौं । कोरोना भाइरस (कोभिड–१९) बाट बिहिबार ५४ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५ सय २९ पुगेको छ । पछिल्लो २४ घण्टामा ९ हजार ७० जना नयाँ कोरोना संक्रमित थपिएका छन ।
नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा हालसम्मकै सबै भन्दा बढी कोरोना संक्रमित फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार १४२ जनाको आरटी–पीसीआर÷एन्टिजेन परीक्षण गर्दा ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । २० हजार ३६७ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ८ हजार ९७० जना र ७ सय ७५ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Facebook Comments Box