काठमाडौं । कोरोना संक्रमनका कारण नेपालमा आज १७ जनाको मृत्यु भएको छ । पछिल्लो केहिदिन एता नेपालमा मृत्युदर बढीरहेको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । त्यस्तै मुलुकभर पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ८ सय ३४ जनाको आरटी–पीसीआर÷एन्टिजेन परीक्षण गर्दा ४ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
१३ हजार ८ सय ७९ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ४ हजार ७ सय ७४ जना र ९ सय ५५ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा मुलुकभर ४ हजार ८ सय ९७ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३ लाख १२ हजार ६ सय ९९ पुगेको छ ।
कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ७ हजार ५ सय ७३ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देश भरबाट ७ सय ७३ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७९ हजार २ सय ७९ पुगेको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ११ पुगेको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...