चित्रमाया श्रेष्ठ
काठमाडौं ( कोरोना भाइरस विरुद्धको खोप नेपालमा बुधबार देखी शुरुवात भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार काठमाडौं उपत्यकाभित्र करिब १७ केन्द्र र देशभर गरी कूल ३०० सय भन्दा केन्द्रबाट कोरोनाविरूद्ध खोप लगाउन सुरू गरिएको छ ।
खोप अभियान सुरु भएता पनि पहिला अपनाउदै आएका उपायहरु भने कायमै राख्नु पर्ने र यो खोप पूर्ण परीक्षण नभएकाले सबै मानिसहरुको लागि भने यो खोप लगाउन उपयुक्त नहुने डा. रमेशकान्त अधिकारीले बताए ।
खोप लगाउने समयमा ज्वरो आएको, एलर्जि भएँको, सूई लगाउदा रगत बग्ने, १८वषृ मूनिका बालबालिका, गर्भवति महिला, सुत्केरी तथा स्तनपान गराउने महिला र गर्भवति हुन चाहना वा नजिकको अवस्थामा पुगेको महिलाहरुले कोरोना विरुद्धको खोप लगाउन नमिल्ने डा. रमेशकान्त अधिकारीले बताए ।
त्यसै गरी खोप लगाईसके पश्चात हल्का ज्वरो आए जस्तो हुने, टाउको दुख्ने, खोप लगाईएको ठाउँमा दुख्ने वा जिउ पोल्ले जस्तो हुने, वाक्वाकी लाग्ने, रिङ्गाटो लाग्ने, झाडापखाला लाग्ने जस्ता केही सामान्य लक्षणहरू समेत देखा पर्न सक्ने उनको भनाई छ ।
रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध
रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ । महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...