कोभिड विरुद खाँडादेवी र ,सुनापतीमा फरक पन

रामेछाप । विश्वमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को तयारी र त्याँहाको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी गौलोचन शैजु सहितले टोली खाँडादेबी गाउँपालिका र सुनापाती गाउँपालिकाको पुगेको छ । अनुगमन समितीले गरेको दुई गाउँपालिकाको तयारी बुझद फरक ब्यवहार पाएको छ ।
शनिबार दिउँसो सदरमुकाम मन्थली बाट सेलेघाटको होल्डिङ्ग सेन्टरको अबस्था तथा ,सुनापति र खाँडादेवि गाउँपालीकाको तयारीका बारेमा बुझन् प्रजिअ गौलोचन सैजुको नेतृत्मा जिल्लाको अनुगमन टोली पुग्दा ती ठाउँहरुमा त्यस खालको गतिविधि देखिएको हो । केहि दिन देखि जिल्लामा कोरोना पोजेटिभको संख्या बढे संगै सदरमुकाम बाहिरको अबस्था बुझन् गाउँमा पुगेको जिल्ला कोभिड १९ संक्रमण नियन्त्रण टोलीले शनिबार ति ठाउँहको स्थलगत अनुगमन गरि दुवै पालीकाका अध्यक्षहरुलाई भेटेर जानकारी लिऐको थियो ।
अनुगमनमा पुगेको टोली समक्ष गाउँपालीकाका अध्यक्ष धावा लामाले पालिकाको अबस्थाका बारेमा जानकारी गराउनु भएको थियो । सो क्रममा उहाँले हाल पालीकामा संक्रमितहरु नभएको र त्यसका लागि पालीकाले गरेको आबश्यक तयारीका बारेमा जानकारी गराउँदै अप्ठेरो परिस्थीति देखा परेमा त्यसको सामना गर्न पालीका तयार रहेको जानकारी गराउनु भएको थियो ।
टोलीले सुनापति गाउँपालीकाकोे तयारीका बारेमा जानकारी लिएको थियो । पालीकामा टोली पुग्दा उक्त पालीकाको मुल गेटमा हातधुनको लागि आबश्यक साबुन पानी,स्यानेटाईजर आदीको ब्यवस्थापन गर्नुका साथै सबै कर्मचारी र सेवाग्राहि हरुका लागि अनिबार्य मास्क वितरण र ब्यवस्थापन गरिएको थियो । अनुगमन टोली समक्ष गाउँपालीकाका अध्यक्ष धावा लामाले पालिकाको अबस्थाका बारेमा जानकारी गराउनु भएको थियो । सो क्रममा उहाँले हाल पालीकामा संक्रमितहरु नभएको र त्यसका लागि पालीका संग रहेको अक्सिजन लगायत स्वास्थ संबन्धि मौजुदा सामाग्रीको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो । उहाँले पालीका संगै पीसीआर परिक्षण गर्न सक्ने क्षमता र पर्याप्त आईसोलेसन कक्ष भने नभएको पनि बताउनु भयो ।
त्यसैगरि खाँडादेवी गाउँपलीका पुगेर पालीकाका अध्यक्ष पे्रम बहादुर तामाड संग पनि भेट गरेर प्रजिअले पालीकाको तयारी र संक्रमणको अवस्थाका बारेमा जानकारी लिनु भएको थियो । तर खाँडादेवीमा भने सुनापतिको तुलनामा पालीका भित्र र बाहिर अनि बजार क्षेत्रमा पनि संक्रमणको जोखिमका बारेमा कोहि पनि गम्भिर थिएनन् ।
गाउँ पालीकाका अध्यक्ष प्रेम बहादुर तामाङ्गले मात्र लगाउनु भएको थियो भने बाकि कसैले पनि मास्क लगाएका थिएनन् । त्यसैगरि स्वास्थ सुरक्षाका मापदण्ड पनि पालना गरेको देखिएन । स्थानिय प्रहरी कर्मचारी,होटल र बजारका ब्यापारी र सेवाग्राहि हरु पनि त्यसबारेमा बेखबर जस्तै देखिए । अतिथिलाई चिया ल्याउने कार्यालय सहयोगिले पनि सामान्य सुरक्षा अपनाएको देखिएन । तर पालीका संम्भावित संक्रमण र त्यसको रोकथामका लागि भने तयारी अबस्थमा रहेको भन्दै पालीकामा रहेको एम्वुलेन्स,स्वास्थकर्मि हरुको अबस्था स्वास्थ सामाग्रि,आईसुलेसन कक्ष आदीका बारेमा पनि अध्यक्षले जानकारी गराउनु भएको थियो ।
टोलीले सेलेघाटको होल्डिङ केन्द्रको पनि अनुगमन गरेको थियो । सेलेघाटमा जडान गरिएका ३ वटै टेन्टहरु खाली थिए । टेन्ट भित्र सुत्नका लागि बेड र हेल्प डेक्सको लागि तयार पारीएको टेन्ट पनि खाली थियो । न त्यहाँ कुनै स्टाफ थिए । न त आबस्यक सामाग्रिनै । मानौ त्यस ठाउँमा कोहि मानिस आए सेवा पाउने अबस्थानै नभएको गुनासो टोलीमा संलग्न एक सदस्यले गुनासो गर्नु भयो ।
तर प्रजिअ गौलोचन सैजुले भने अनुगमन गरिएका पालीकाहरुको अवस्था र उनिहरुको तयारी हेर्दा जनप्रतिनिधिहरु नागरिक हरु प्रति गम्भिरनै रहेको महसुस आफुले गरेको बताउनु भयो । पालीकाको तयारीलाई हामिले बाहिरबाट केहि सपोट गर्नै हो भने संभावित कोरोनाको जोखिमबाट नागरिकलाई जोगाउन सकिने पनि प्रजिअले बताउनु भयो ।

Facebook Comments Box