कोदालाको बिँडले हानेर छोराले गरे बाबुको हत्या

काभ्रे । जिल्लाको पाँचखाल नगरपालिका वडा नं–७ होक्सेका ३८ बर्षिय राजु गौतमले आफ्नै ५६ बर्षिय बाबु बलराम गौतमको कोदालाको बिँडले हानेर हत्या गरेका   छन् ।
अत्याधिक मात्रामा मदीरा सेवन गरी घर पुगेका राजुले घरमा रहेका आफ्ना बाबु बलराम गौतमसँग घरायसि बिबाद गरेका थिए । सोही क्रममा बाबुलाई गौतमले कोदालाको बिँडले हान्दा गौतमको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।
घटनाको जानकारी पाउनासाथ घटनास्थल पुगेको प्रहरीको टोलीले राजु गौतमलाई पक्राउ गरेको छ । पक्राउ परेका गौतमलाई कर्तव्य ज्यान मुद्धा अन्तर्गत मुद्धा चलाइने भएको छ भने प्रहरीले घटनास्थलमा थप अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

Facebook Comments Box