रामेछाप । नेपाली कांग्रेस रामेछापको प्रदेश “ ख ” का सभापती पदका उमेरद्वार सौरभ के.सीले अर्का उमेरद्वार राजेश श्रेष्ठलाई सर्मथन गर्दै आफ्नो उमेरद्वारी फिर्ता लिएको बताएका छन् । नेपाल तरुणदल रामेछापका जिल्ला कार्यसमिती सदस्य समेत रहेका केसीले आफुले राजेश केसीलाई सर्मथन गर्दै आफु सभापती पदमा उमेरद्वारी नदिने बताए ।
रामेछापमा अब दुइजनाले मात्र प्रदेश “ ख ” को सभापती पदमा उमेरद्वारी दिने भएको छ । रामेछापमा लबश्री न्यौपानेको पक्षबाट रामकृष्ण ढुङ्गेल र कृष्ण महतको पक्षबाट राजेश श्रेष्ठको उमेरद्वारी रहने छ । आज दिउसो १ बजे बाट ५ बजे सम्म उमेरद्वारी हुदै छ ।
रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध
रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ । महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...