कृषि क्षेत्रको बिकास नभएसम्म पालिकाको विकास संभव छैन ः उपाध्यक्ष कार्की

रामेछाप । उमाकुण्ड गाउँपालिकाका उपाध्यक्ष उर्मिला कार्कीले कृषि क्षेत्रको बिकास नभए सम्म समग्र गाउँपालिकाको बिकास हुन नसक्ने भन्दै किसानको क्षमता विकासको पक्षमा गाउँपालिकाले काम गरिरहेको बताइन । गाउँपालिकाको सहयोगमा ग्रामिण विजनेश प्रमोशन प्रा.लिले संञ्चालन गरेको ७ दिने आलु चिप्स बनाउने तालिमको समापन कार्यक्रममा बोल्दै उक्त कुरा बताएकी हुन् ।
उपाध्यक्ष कार्कीले व्यवसायिक रुपमा उद्यम गर्न चहानेहरुका लागि तालिमले महत्व पुर्ण भुमिका खेल्ने भन्दै व्यवसायीक रुपमा काम गर्न सहभागीहरुलाई आग्रह पनी गरेकी छिन । आलु जोन लागु भएको क्षेत्रमा आलु चिप्स बनाउने तालिमले किसानलाई थप व्यवसायिक बनाउने उपाध्यक्ष कार्कीले बताइन ।
तालिम व्यवहारिक भएकाले स्थानीयको आर्थिक उन्नतीमा थप सहयोग पुग्ने भन्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी उपाध्यक्ष कार्कीले तालिम लिएकाले उद्योग स्थापना गर्ने गरी व्यवसाय सुरु गरे गाउँपालिकाले आर्थिक, भौतिक लगायतका सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत जनाइन् ।
उमाकुण्ड गाउँपालिकामा चक्ला बन्दीमा आलु खेतीको सुरुवात भएसँगै आलुबाट चिप्स बनाउने तालिमले उत्पादन हुने आलुको समेत सदुपयोग हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद सुवेदीले बताए । गाउँपालिकाले आलु चिप्स बनाउन आवश्यक पर्ने प्रविधि समेत आवश्यकता अनुसार सहयोग गर्ने सुवेदीले जानकारी दिए ।


गाउँमै ८० जना उद्यमी उत्दान गर्ने कार्यक्रम अन्तरगत ७ जना किसानलाई आलु चिप्स बनाउने तालिम दिएको गाउँपालिकाले जनाएको छ । तालिममा चिप्स बनाउने, प्याकिङ गर्ने, बजार सम्म लैजाने लगायतका विषयमा सहभागीहरुले तालिम लिएका छन् ।
गाउँपालिकाले गरिवी निवरणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत गाउँपालिकाको वडा नं ४ मैदानेका ७ जनालाई गाउँमै उत्पादन भएको आलुबाट चिप्स बनाउने तलिम दिएको हो ।


गाउँपालिकाले यस अघि फलफूलबाट जुस र क्याण्डी बनाउनको लागि ९ जना, सिस्नुबाट पौडर बनाउनको लागि १५ जना, डेरी र बेकरी तालिमबाट दुध तथा दुधजन्य बस्तु उत्पादन गर्न गर्न १३ जनालाई तालिम दिइसकेको गाउँपालिकाका वरिष्ठ उद्यम विकास सहजकर्ता रन बहादुर कार्कीले जानकारी दिए । लघु उद्यमको मर्म र भावना अनुसार स्थानीय स्तरमै पाइने कच्चा पदार्थ प्रयोग गर्दै संचालन गरिएको तालिम प्रभावकारी हुने दावी गरे ।
कार्यक्रम उमाकुण्ड गाउँपालिका वडा नं ४ का वडाध्यक्ष मान बहादुर सुनुवारको अध्यक्षतामा मंगलबार सम्पन्न भएको हो ।

Facebook Comments Box