कुनै पनी तहको चुनाब लड्दिन पार्टीलाई जिताउन लाग्छु ः सभापती कान्छाराम

रामेछाप । नेपाली कांग्रेस रामेछापका जिल्ला सभापती पुर्ण बहादुर तामाङ (कान्छाराम)ले अब हुने निर्वाचनमा आफु कुनै पनी तहको चुनाब नलड्ने बताएका छन् । गोकुलगंगा गाउँपालिकाले आयोजना गरेको शुभकामना आदन प्रदान कार्यक्रममा बोल्दै कांग्रेस सभापती तामाङले पार्टीलाई जिताउनको लागी आफु कुनैपनी तहको चुनाब नलड्ने बताएका हुन् । सभापती तामाङले पार्टीलाई जिताउन आफु आउने स्थानिय, प्रदेश, र संघिय निर्वाचनमा नलडने बताउदै पार्टीका उमेरद्वारहरु जिताउन लागी पर्ने र पार्टीलाई एक ढिका बनाएर अगाडी बढ्ने बताएका छन् ।
त्यस्तै कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नि वर्तमान सभापती लबश्री न्यौपाने, उपसभापती लेख बहादुर कार्की, सचिबहरु बिनोद कार्की, दिपक खड्का, सहसचिब धुर्ब चौलागाई, महाधिबेसन प्रतिनिधी गंगा अधिकारी, केशब प्रसाद चालीसे, रत्नहरी ढुङ्गेल क्षेत्रीय सभापती निरोज खड्का लगाएतले बोल्दै आगामी निर्वाचनमा रामेछापका ८ पालिका, दुई प्रदेश सभा र एक प्रतिनिधिसभामा आफ्ना उम्मेदवारहरुले जित्ने दावी गरेका छन् । नेपाली काँग्रेस कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा नेपाली काँग्रेस रामेछापका नेताहरुले अबको ४ महिना भित्रै हुने स्थानीय तको निर्वाचन र एक वर्ष भित्र हुने प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवारले जित्ने दावी गरेका हुन् ।
नेताहरुले पार्टीको आन्तारिक चुनावमा विभिन्न समूह बनाएर चुनाव लडेको भएपनि त्यसपछि आफूहरु सबै एउटै मोर्चामा भएको बताउँदै आगामी निर्वाचनमा पार्टीलाई जिताउन एक भएर लाग्ने प्रतिवद्धता समेत जनाएका छन् । गाउँपालिका सभापती मणीकुमार लामाको अध्यक्षतामा भएको शुभकामना आदनप्रर्दान कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी १५० जना भन्दा बढी युबाहरु नेपाली कांग्रेसमा प्रबेश गरेका छन् । उनिहरुलाई पार्टीका नेताहरुले पार्टीमा खादा माला लगाएर स्वागत गरेका छन् ।