कानुन बिपरित क्रसर उद्योग दर्ता, सूचना लुकाउँदै हाकिम

Written by meropradesh creator

५ माघ २०७९, बिहीबार

रामेछाप । कानुन विपरित व्यवसायीसँग मिलेमतोमा अवैद्यानीक रुपमा जिल्लाभर क्रसर उद्योग दर्ता गर्दै आएको घरेलु तथा साना उद्योग कार्यालयलका कर्मचारीले सूचना समेत लुकाउँदै आएका छन् ।

क्रसर व्यवसायीसँग आर्थिक चलखेलमा परि सरकारी नियम विपरित मनलाग्दी रुपमा जिल्लामा क्रसर उद्योग दर्ता गर्दै आएको घरेलु कार्यालयसँग जिल्लामा दर्ता भएका क्रसर उद्योग सम्वन्धी सूचना लिखित रुपमा माग गर्दा उक्त सूचना दिन नमिल्ने भन्दै घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सुबोध कुमार शाहले सूचना लुकाएका हुन ।

जिल्लामा कति क्रसर उद्योग दर्ता भएका छन् भनी केही नागरिक समाजका सदस्यहरुले घरेलु कार्यालयसँग माग गरेको सूचनाको वेवास्था गर्दै प्रमुख शाहले माग गरिएको सूचना कार्यालयमा गोप्य रहने भन्दै सूचना दिन अस्विकार गरेका हुन् । घरेलु कार्यालयले दर्ता गरेका अधिकासं क्रसर उद्योग कानुन विपरित रहेका छन् । वालुवा प्रशाेधनकाे नाममा दर्ता भएका सबै क्रसर उद्याेगले ढुंगा कुटेर गिट्टी निकाल्ने, चिप्स निकाल्ने र वालुवा निकाल्ने काम गर्दै आएका छन् ।


घरेलु कार्यालयले खाँडादेवी गाउँपालिका–१ मा सुनकोशी खाँडादेवी बालुवा प्रशोधन उद्योग प्रा.लि., मन्थली नगरपालिका–१ मा मन्थली रोडा ढुंगा उद्योग प्रा.लि. र अन्य १९ वटा वालुवा प्रशोधन उद्योग गरि कुल २१ वटा क्रसर उद्योग दर्ता गरेको छ । दर्ता गरेका सवै उद्योग सरकारी मादण्ड विपरित रहेका छन् । सरकारले बालुवा प्रशोधन उद्योग दर्ताका लागि राजमार्गवाट २ सय मिटर टाढा, खोला वा नदी किनारवाट २ सय मिटर टाढा हुन पर्ने उल्लेख छ ।

त्यस्तै शिक्षण संस्था, धार्मीक, सांस्कृतीक, परातात्विक महत्व र स्वास्थ्य संस्थाबाट ५ सय मिटर टाढा, पक्की पुलवाट ५ सय मिटर, वन क्षेत्रवाट ५ सय मिटर, बस्तीवाट ५ सय मिटर, हाइटेस्सन लाइनवाट २ सय मिटर, जलाशय पोखरीवाट ५ सयमिटर र चुरे पहाडको फेदीवाट १ किलोमिटर टाढा भए मात्रै क्रसर उद्योग दर्ता गर्न निर्देशन दिएको भएता पनि सरकारी मापदण्ड कुल्चेर घरेलु कार्यालयले मनलाग्दी रुपमा क्रसर उद्योग दर्ता गर्दै आएको हो ।


जिल्लाभर दर्ता भएका २१ वटै क्रसर उद्योगले कुनै पनि मापदण्ड पुरा गरेका छैनन् । यसरी मापदण्ड विपरित क्रसर उद्योग दर्ता गरेको बिषयमा पटकपटक विभिन्न सभासमारोहमा आवाज उठेता पनि घरेलु कार्यालय भने मापदण्ड पुरा गरेर मात्रै उद्योग दर्ता गरेको भन्दै पन्छिदै आएको छ । कार्यालयसँग मापदण्ड पुरा भएका कागजात माग गर्दा भने सो कार्यालयले सूचना दिन नै नमिल्ने भन्दै सूचना लुकाउँदै आएको   छ । नागरिकले सूचना माग गर्दा सूचना नदिई लुकाउने प्रमुखलाई हदैसम्मको कानुनी कारवाही गरिनुपर्ने उपभोक्ता मञ्च रामेछापका अध्यक्ष रामचन्द्र शर्माले बताए ।

उनले भने– कानुनलाई मिच्दै व्यवसायीसँग आर्थिक चलखेलमा परेर उद्योग दर्ता गर्ने अनी उद्योग दर्ता गर्दा पेश गरेका कागजाता माग गर्दा दिन नमिल्ने भन्दै लुकाउने । यसवाट पनि के पुष्टि हुन्छ भने घरेलु कार्यालयका कर्मचारीहरुकै मिलेमतोमा क्रसर उद्योग दर्ता भएका हुन् । उनीहरु सवैलाई कानुनी दायरमा ल्याउनुपर्छ ।


अनुगमन गर्ने जिम्मेवारी निकायको सदस्य समेत रहेको घरेलु कार्यालय उद्योग दर्ता गरेर चुपचाप बस्दै आएको छ । जिल्लामा क्रसर उद्योगको अनुगमन गर्न जिल्ला समन्वय समितिको संयोजक्तवमा गठित समितिले पनि खासै प्रभावकारी अनुगमन गर्न सकेको छैन् । अनुगमन नहुँदा प्रत्यक्ष रुपमा क्रसर व्यवसायीले मनलाग्दी रुपमा नदी दोहन गर्दै आएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

३ जना सवारी चालक प्रहरी नियन्त्रणमा

३ जना सवारी चालक प्रहरी नियन्त्रणमा

रामेछाप । लागु पदार्थ सेवन ( ला.प.से.) गरी सवारी चलाउने ३ जना सवारी चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले नियन्त्रणमा लिएको छ ।आइतबार दिउसो मन्थली अस्पतालको समन्वयमा मन्थली नगरपालिका वडा नं.१ भैशेश्वरमा गरिएको लागु पदार्थ सेवन सम्पन्धी चेक जाँचको क्रममा तिन...

गौरीशंकर बहुमुखी क्याम्पसको नयाँ भवन बन्दैं

गौरीशंकर बहुमुखी क्याम्पसको नयाँ भवन बन्दैं

रामेछाप । रामेछापको पुरानो सदरमुकाम रामेछापमा रहेको गौरीशंकर बहुमुखी क्याम्पसको नयाँ भवन निर्माण हुने भएको छ । आफ्नो भवन हुदाँ हुदै पठन पाठनमा समस्यामा व्यहोर्दै आएको क्याम्पसले अब भने सुविद्या सम्पन्न भवन पाउँने भएको छ । भवन निर्माणको लागि विश्व विद्यालय अनुदान...

मन्थली नगरपालिकाको सहयोगमा कपडा डिजाइन सम्बन्धि तालिम शुरु

मन्थली नगरपालिकाको सहयोगमा कपडा डिजाइन सम्बन्धि तालिम शुरु

रामेछाप । मन्थली नगरपालिकाको सहयोगमा जिल्ला सदरमुकाम मन्थलीमा १५ दिने एडभान्स लेडिज फेसन डिजाइन कटिङ तथा सिलाई तालिम सुरु भएको छ । नगरपालिकाको सहयोगमा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रामेछापको आयोजनामा जिल्ला भित्र व्यवसायी रूपमा काम गर्दै आएका २० जना महिलाहरूको...