कांग्रेस नेता द्वारा बिद्यालय र विद्यार्थीलाई सहयोग

Written by meropradesh creator

३० चैत्र २०७७, सोमबार

रामेछाप । नेपाली कांग्रेसका नेता द्वय भरत चौलागाई र पुर्ण बहादुर तमाङ(कान्छाराम)ले बिद्यालय र बिद्यार्थीलाई सहयोग गरेको छन । गोकुलगंगा गाउँपालिका–४ बेतालीमा रहेको ८ वटा बिद्यालयका ११ सय ९५ जना बिद्यार्थीलाई ट्याक सुट र जनजागृत उच्च माध्यमीक विद्यालय लाई १४ थान सि.सि क्यामेरा कांग्रेस नेता चौलागाईले सहयोग गरेका छन् भने ७ वटा बिद्यालयलाई २५ हजारका दरले र जनजागृत उच्च माध्यमीक विद्यालयलाई ५१ हजार नगद कांग्रेस नेता तमाङले सहयोग गरेका छन ।


नेपाली कांग्रेसका नेता तथा पुर्व पार्टी सभापती रामचन्द्र खड्काले उक्त कार्यक्रममा बोल्दै शैक्षिक क्षेत्रको सुधार बिना देशको बिकाश नहुने भन्दै नेता द्वय चौलागाई र तमाङलाई धन्यवात दिएका छन । पुर्व पार्टी सभापती समेत रहेका खड्काले नेकपाको सरकार सडक भत्काउन र कमिसनको खेलमा मात्र लागेको आरोप लगाउदै शिक्षामा सुधार नगरे सम्म देशले गतीलिन नसक्ने धारण ब्यक्त गरे । कांग्रेस सरकारमा रहदा जहिले पनी शिक्षालाई पहिलो प्राथमीक्तामा राखेर काम गरेको समेत उनले बताए ।
आफुले सहयोग गरेको सानो रकमले बिद्यार्थीहरुलाई खेल समाग्री लगाएत शैक्षिक सुधार गर्न विद्यालयलाई सहयोग पुग्ने भन्दै आफुले सकेको सहयोग सधै गर्न तयार रहेको नेपाली कांग्रेसका नेता कान्छाराम तमाङले बताए । त्यस्तै गरी आफुले बिद्यालयमा अध्यन गर्ने समयमा धेरै समस्या गरेर अध्यन गरेको भन्दै शैक्षिक क्षेत्रको बिकासमा सकेको सहयोग गर्न आफु तयार रहेको कांग्रेस नेता चौलागाईले बताए । जसले बिद्यार्थीलाई अनुशासीत बनाउनका साथै अध्यनमा समेत होसला मील्ने उनको भनाई छ । सोही कार्यक्रममा बिद्यार्थीहरुलाई भोलीका दिनमा सहयोगको भावना जाग्ने कांग्रेस नेत्री बिनिता खड्काले बताइन । कार्यक्रममा शिक्षक अभिभावक र बिद्यार्थीहरुको सहभागीता रहेको थियो ।

नेता चैलागाईले २५ हजार भन्दा बढी बिद्यार्थीहरुलाई ट्याक सुट र कपी कलम र झण्डै एक दर्जन बिद्यालयलाई सिसि क्यामेरा यस भन्दा पहिला बितरण गरी सकेका छन भने नेता तमाङले जिल्लामा स्वास्थ्य क्षेत्रको सुधारका लागी ९ वटा एमबुलेन्स बितरण गर्नका साथै बिरामीहरुको उपचार समेत यस भन्दा पहिला गरी सकेका छन् ।

Related Articles

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...