कांग्रेस नेता खड्काको अन्त्यष्टि

रामेछाप । नेपाली कांग्रेसका नेता तथा संबिधान सभा सदस्य शिब बहादुर खड्काको पशुपती आर्यघाटमा आज अन्त्यष्टि गरिएको छ । नेता खड्काको पार्थिक शरिरमा नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवाले पार्टीको झण्डा ओडाउदै स्वर्गीय खड्काले पार्टीको विभिन्न पदमा बसेर नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पु¥याउनु भएको अतुलनीय योगदान पार्टीमा सदा स्मरणीय रहि रहने बताउनु भएको छ ।
उहाँको निधनबाट पार्टीले एक अनुभवी र अग्रज नेतृत्वलाई गुमाएको भन्दै दुखः ब्यक्त गर्नु भयो । खड्का नेपाल बिद्यार्थी संघका संस्थापक नेता हुदै जिल्ला विकास समिती रामेछापका पनी संस्थापक सभापती हुन ।
खड्काको आज बिहान आफ्नै घरको बाथरुममा लडेर घाइते हुनु भएको थियो । लडेर घाइत हुनु भएका खड्काको भक्तपुरको नागरिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । पञ्चायतविरुद्ध कांग्रेसले सञ्चालन गरेको आन्दोलनमा लामो समय सक्रिय रहेका खड्का २०४९ सालमा तत्कालीन जिल्ला विकास समितिका सभापतिमा निर्वाचित भइ ५ वर्ष काम गर्नु भएको थियो ।
कांग्रेस सभापति शेरबहादुर देउवाले खड्कालाई तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिकको केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए । बौद्धिक क्षेत्रबाट राष्ट्रपतिले मनोनित गर्ने कोटाबाट खड्कालाई संविधानसभाको सदस्य बनाइएको थियो । पञ्चायतले पार्टी प्रतिबन्ध लगाएको बेला २०३८ सालमा खड्का रामेछाप कांग्रेसमा जिल्ला सभापति भएर पार्टीको संगठन गर्नु भएको थियो ।