रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापले स्थापना गरेको पत्रकार संकट ब्यबस्थापन कोषमा नेपाली कांग्रेसका नेता तथा समाजसेवी नारायण कुमार कर्कीले २५ हजार सहयोग गरेका छन् । Dubai Natural hostory Group UAE का आजिबन सदस्य समेत रहेका कार्कीले पत्रकार महासंघ रामेछापले स्थापना गरेको पत्रकार संकट ब्यबस्थापन कोषमा आइएमइ गरी २५ हजार सहयोग गरेका हुन । खाँडादेवी गाउँपालिका वडा नं ६ माकादुम घर भएका कार्कीले सामाजीक क्षेत्रमा लामो समय सम्म काम गर्दै आएका छन ।
कार्कीले पत्रकारलाई जोखिम संग समाना गर्न सजिलो होस भनेर आफुले सानै रकम भएपनि सहयोग गरेको बताएका छन् । सधैं फ्रन्टलाईनमा बसेर काम गर्ने पत्रकार संक्रमणको जोखिम उच्च हुने भएकाले सबैले सहयोग गर्नु पर्ने पनि उनको भनाइ छ ।
रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध
रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ । महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...