कांग्रेस द्वारा सन्देश मुलक पर्चा सहित स्वास्थ्य समाग्री घर घरमा

Written by meropradesh creator

२० जेष्ठ २०७८, बिहीबार

रामेछाप । बिश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट बच्न नेपाली कांग्रेस मन्थली नगरपालिका–८ चिसापानीले घर घरमा गएर नागरिक हरुलाई सन्देश मुलक पर्चा बितरण गर्दै स्वास्थ्य समाग्री हस्तान्तरण गरेको छ ।
आफ्नो वडामा रहेको सबै नागरिकको घरमा पुगेर कोरोना बाट कसरी बच्न सकिन्छ कोरोना लागी हालेमा के गर्ने भन्ने फोटो सहितको सन्देश मुलक पर्चा बितरण गरेको छ साथै इकाई कांग्रेसले चिसापानी – काठमाडौ सम्पर्क समितीको बिपत्तिमा सहयोग अभियान अन्तर्गत कोरोना भाईरस बाट बच्न अपनाउनु पर्ने सचेतनाका सन्देशहरु सहित १० हजार पिस मास्क र १७०० पिस मेडिकेयर साबुन मन्थली नगरपालिका–८ चिसापानीका नागरीक हरुको घरघर पुगेर बितरण गरिएको मन्थली नगरपालिका–८ चिसापानीका इकाई सभापती ओम प्रकाश पुरीले जानकारी दिए । उनले भने हामीले दिएको सानो सहयोगले र थोरै जानकारीले मानीसमा आत्मबल बढने भएकोले यो अभियान सञ्चालन गरेको सभापती पुरीले जानकारी दिए ।
यस अघि मन्थली नगरपालिका–८ चिसापानीमा मन्थली नगरपालिका–८ चिसापानी – काठमाडौ सम्पर्क समितीको सहयोगमो चिसापानीमा रहेको स्वास्थ्य संस्थाहरुमा सर्बसाधरण नागरीकको लागी औषधी सहित स्वास्थ्य समाग्री समेत हस्तान्तरण समेत गरेको थियो ।

Related Articles

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...