कांग्रेसको जिल्ला समितिमा ७ जना मनोनित

रामेछाप । नेपाली कांग्रेस रामेछापका सभापति पूर्णवहादुर तामाङ ( कान्छाराम) ले ६ जनालाई जिल्ला कार्यसमिती सदस्यमा मनोनीत गरेको छ भने एक जनालाई आमन्त्रित सदस्यको रुपमा मनोनित गरेको छ । नेपाली कांग्रेसको विधानको परिच्छेद ३, धारा १२ को उपधारा ५(ख) २ बमोजिम तामाङले क्षेत्रीय प्रतिनिधिहरु ध्रुव लामा, सुरेश सुवेदी, जितवहादुर कटुवाल, दिपेन्द्र खड्का, नारायण बहादुर बोगटी र चिना खड्का कार्की लाई मनोनयन गरेको छ । त्यसैगरी आमन्त्रीत सदस्यमा भने रामचन्द्र बिकलाई मनोनीत गरेको छ । अन्य केहि क्षेत्रीय प्रतिनिधिहरुलाई समेत सभापति तामाङले मनोनित गर्ने चर्चा काँग्रेस वृतमा चलेको भएपनि शुक्रबारको बैठकमा ६ जनालाई मात्र मनोनितको पत्र दिइएको हो । जिल्ला अधिवेशनमा निर्बाचित भएपछिको तामाङको अध्यक्षतामा भएको पहिलो जिल्ला कार्य समितिको बैठकमा पार्टीका पदाधिकारी तथा सदस्यका अतिरीक्त पूर्व जिल्ला सभापतिहरु रामचन्द्र खड्का र लबश्री न्यौपाने लगाएत महाधिवेशन प्रतिनिधिहरु, विभिन्न तहमा निर्वाचित र पार्टीमा क्रियाशिल नेताहरुको उल्लेख्य सहभागिता रहेको थियो । बैठकमा विभिन्न नेताहरुले आ आफ्ना धारणा राखेका थिए । पार्टीलाई कुनै गुट र उपगुटमा नभै एक ढिक्का भएर आसन्न निर्वाचनमा क्रियासिल वनाएर लैजानका लागि सवै नेताहरुले एकै स्वरमा जोड दिएका थिए । साथै प्रत्यक महिनाको तिन गते जिल्ला कार्यसमीतीको नियमीत बैठक बस्ने निर्णय समेत गरेको छ । पौष ३ गते भने पार्टीको दोस्रो बैठक उमाकुण्डमा बस्ने निर्णय गरेको छ ।

Facebook Comments Box