कांग्रेसका २२ जना केन्द्रिय सदस्यले किन राजीनामा दिने चेतावनी दिए ?

काठमाण्डौं । नेपाली कांग्रसका २२ जना आमन्त्रित केन्द्रिय सदस्यले एकैपटक सामुहिक राजिनामा दिने चेतावनी दिएको छ । उनीहरुले आफुहरुलाई काम भने निर्वाचित सदस्यलाई दिए बराबर दिएको तर अधिकार भने नदिएको भन्दै राजिनाम दिएका हुन ।
नेपाली कांग्रेसमा हाल २२ जना आमन्त्रित केन्द्रीय सदस्य छन् । विधानमा केन्द्रीय पदाधिकारी र सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था भए पनि आमन्त्रित केन्द्रीय सदस्य भने तल्लो तहबाटै निर्वाचित भएर आउनुपर्ने व्यवस्था रहेको छ ।
’यही व्यवस्था हटाउन हामीले माग गरेको हो । यसले नयाँ पार्टीबाट आउनुभएका साथीहरुलाई अन्याय हुन्छ,’ पाण्डेले भने, ’कोही फोरमबाट आउनुभएको छ । कोही राप्रपाबाट आउनुभएको छ । उहाँहरुलाई अन्याय त गर्न भएन नि ।’
महाधिवेशनको मुखमा किन राजीनामा त? जवाफमा पाण्डेले भने, ’अहिले अब निर्वाचन निर्देशिका जाँदैछ । यसमा आमन्त्रित केन्द्रीय सदस्यलाई पनि अधिकार तोकियोस् भनेर हो ।’ लोकतान्त्रिक पार्टीमा सिन्डिकेट प्रणाली सह्य नहुने उल्लेख गर्दै उनले नेतृत्वबाट मागको सुनुवाइ हुनुपर्ने बताए ।

Facebook Comments Box