काँग्रेस नेता तामाङ्गको निधनले गुन्सीगाउँ शोकमा

रामेछाप । नेपाली काँग्रेस दोरम्वा गाउँपालिका वडा नं–५ गुन्सीका गाउँ इकाई समितिका सक्रिय सदस्य ८३ बर्षिय कारसाङ तामाङको मृत्यु पछि सिङ्गो गाउँनै शोकमा डुबेको छ ।
२०१७ सालको आन्दोलन देखी काँग्रेसमा सकृय भुमीका खेल्दै आएता पनी उनले पार्टीको कुनै पद हालसम्म नलिएका तामाङ्गको आफ्नै घरमा बुधबार मृत्यु भएको दोरम्वा गाउँ इकाई सभापती बद्रि नारायण श्रेष्ठले जानकारी दिए । नेता तमाङले राजनीतकि जिम्मेवारी नलिएको भएपनी गुरासे आधारभुत प्राथमिक बिद्यालय र गुरासे सामुदायिक सालघारी बन उपभोक्ता समितीका संस्थापक अध्यक्षको रुपमा रहेर काम गरेका थिए ।
उनको शबमा नेपाली काँग्रेसका जिल्ला कार्यसमिती सदस्य सुवास घिसिङ, नेपाली काँग्रेस दोरम्बा गाउँपालिका सभापती लब बहादुर थापामगर, इकाई सभापती बद्रीनारायण श्रेष्ठ र स्थानिय नेता टेकप्रसाद चौलागाईले पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । नेता तमाङले गुन्सीमा काँग्रेसको अभिभाबकको भूमिका खेलेर काँग्रेस संम्रक्षण गरेको भन्दै उनकोे मृत्युले गुन्सी काग्रेसले एक अशल अभिभावक गुमाएको अनुभुती भएको नेपाली काँग्रेसका माहाधिबेसन सदस्य भरत चौलागाईले जानकारी दिए ।

Facebook Comments Box