काँग्रेस एमालेको सरकार बन्दैन – एमाले नेता पौडेल 

 रामेछाप  । नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सरकार नबन्ने नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बताएका छन् । नेकपा एकाले रामेछापको नवौँ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई बुधवार सम्बोधन गर्दै एमाले काँग्रेस मिलेर सरकार बनाउन नहुने र बन्न नसक्ने धारणा राखेका हुन् ।

  काँग्रेस र एमालेको एजेन्डा पनि नमिल्ने भएकोले काँग्रेस सँग सरकारमा सहकार्य हुन नसक्ने एमाले उपाध्यक्ष पौडेलले स्पष्ट पारे ।  ‘दुई वटा प्रमुख पार्टी मिलेर सरकार बनाउँदा लोकतन्त्र कमजोर हुने भएकाले पनि काँग्रेसलाई बाँकी कार्यकाल सरकार बाहिर बसेरै भए पनि सहयोग गर्न आग्रह गरे । 

पौडेलले २०८४ सम्म अहिलेकै सरकार जाने र २०८४ को निर्वाचन पछि नेकपा एमाले एकल बहुमतप्राप्त पार्टी बन्ने दाबी गर्दै कार्यकर्तालाई एक जुट भएर अघि बढ्न आग्रह गरे । एमालेका नेता कार्यकर्तालाई प्रधानमन्त्री वा मन्त्री बनाउनको लागि मात्र नभई लोकतन्त्र, राष्ट्रियता र समृद्धिको यात्रा सफल बनाउनको लागि भएको पौडेलको भनाइ छ । ‘नेकपा एमालेको बहुमतको सरकार राष्ट्रको लागि चाहिएको छ, जनतालको लागि चाहिएको पनि पौडेलको तर्क रहेको छ  ।

 पौडेलले अन्य देशको संविधान सँगको तुलनामा नेपालको संविधान  उत्कृष्ट भएको भन्दै  जनताका प्रतिनिधिहरूले जनताकै लागि निर्माण गरेको संविधान उत्कृष्ट  भए पनि त्यसको समुचित कार्यान्वयनले मात्र  संविधानमा भएको व्यवस्थाले अर्थपूर्ण भूमिका निर्वाह गर्ने पनि नेता पौडेलले बताएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

३ जना सवारी चालक प्रहरी नियन्त्रणमा

३ जना सवारी चालक प्रहरी नियन्त्रणमा

रामेछाप । लागु पदार्थ सेवन ( ला.प.से.) गरी सवारी चलाउने ३ जना सवारी चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले नियन्त्रणमा लिएको छ ।आइतबार दिउसो मन्थली अस्पतालको समन्वयमा मन्थली नगरपालिका वडा नं.१ भैशेश्वरमा गरिएको लागु पदार्थ सेवन सम्पन्धी चेक जाँचको क्रममा तिन...

गौरीशंकर बहुमुखी क्याम्पसको नयाँ भवन बन्दैं

गौरीशंकर बहुमुखी क्याम्पसको नयाँ भवन बन्दैं

रामेछाप । रामेछापको पुरानो सदरमुकाम रामेछापमा रहेको गौरीशंकर बहुमुखी क्याम्पसको नयाँ भवन निर्माण हुने भएको छ । आफ्नो भवन हुदाँ हुदै पठन पाठनमा समस्यामा व्यहोर्दै आएको क्याम्पसले अब भने सुविद्या सम्पन्न भवन पाउँने भएको छ । भवन निर्माणको लागि विश्व विद्यालय अनुदान...

मन्थली नगरपालिकाको सहयोगमा कपडा डिजाइन सम्बन्धि तालिम शुरु

मन्थली नगरपालिकाको सहयोगमा कपडा डिजाइन सम्बन्धि तालिम शुरु

रामेछाप । मन्थली नगरपालिकाको सहयोगमा जिल्ला सदरमुकाम मन्थलीमा १५ दिने एडभान्स लेडिज फेसन डिजाइन कटिङ तथा सिलाई तालिम सुरु भएको छ । नगरपालिकाको सहयोगमा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रामेछापको आयोजनामा जिल्ला भित्र व्यवसायी रूपमा काम गर्दै आएका २० जना महिलाहरूको...