रामेछाप । मन्थली नगरपालिका वडा नं ८ चिसापानीको गाइखुरामा रहेको एसके मोटरपार्टसमा कार्यरत छिमेकी मुलुक भारतका मोतिहारीका १९ वर्षिय अर्सद आलमको मोर्टर पार्टसमा काम गर्ने क्रममा मंगलवार दिउँसो करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको छ । मोटरपार्टसमा कार्यरत आलम काम गर्ने क्रममा अचानक विद्युत सप्लाई हुने मोटरमा टासिएर उनको निधन भएकोे छ । हाल उनको शब पोष्र्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा पोष्र्टमार्टमको लागि ल्याइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक नवराज ढंगानाले जानकारी दिए ।
रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध
रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ । महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...