ओली संविधान, गणतन्त्र र संघियता विरोधी हुन्– नेता पोखरेल

Written by meropradesh creator

७ माघ २०७७, बुधबार

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटि सदस्य लिलामणी पोखरेलले काम चलाउ प्रधानमन्त्री खड्ग प्रसाद ओली संविधान, गणतन्त्र र संघियताको विरोधि रहेको आरोप लगाएका छन् । रामेछापको दोरम्बा गाउँपालिका वडा नं–२ को नेकपा कमिटि द्वारा आयोजित बृहत् जनसभामा संवोधन गर्दै पोखरेलले उक्त आरोप लगाएका हुन् । सुरु देखिनै प्रधानमन्त्री ओलीले संविधान, गणतन्त्र, धर्मनिरपेक्षताको नेपालमा आवश्यक छैन भन्दै आएका थिए । संसदिय समितिमा त्यसको चर्को विरोध हुँदै आए पछि तपाईहरू सबैले भन्नु हुन्छ भने मलाई केहि छैन भन्दै आएको र उनले संघियता खारेज गर्ने चतुर्याई गरिरहेका थिए । अहिले आएर संविधान, गणतन्त्र र धर्मनिरपेक्षता सहन नसकेर संविधानले नदिएको अधिकार प्रयोग गरि संसद विघटन गर्नुले ओली संविधानको विरोधी रहेको सपष्ट भएको पोखरेलले दावी गरे । राज्य व्यवस्थापन तथा सुशासन समितिले लिम्पियाधुरा सहितको नक्शा प्रकाशन गर्न सिफारिस गरे पश्चात प्रधानमन्त्री ओलीले नक्शा प्रकाशन गर्न नटेरेपछि संसदको दबाबले मात्रै सो नक्शा प्रकाशन भएको उनको भनाई छ । लिम्पियाधुराको नक्शा समेटिएको पुस्तक छापे पछि वितरण गर्ने समयमा भारतीय प्रतिनिधि आएर प्रधानमन्त्री ओली सँग गोप्य भेटघाट गरे पछि पुस्तक वितरणमा समेत रोक लगाएको पोखरेल बताउछन् । पहिलो पटक प्रधानमन्त्री हुँदा राष्ट्रवादीको अभिनय गरेका ओलीले लिम्पियाधुरा सहितको नक्शा समावेश गरिएको पुस्तक वितरणमा रोक लगाए पछि ओलीको राष्टवाद नाङ्गिएको पोखरेलले प्रष्ट पारे । अहिलेको यो लडाँई पदको लडाँई जस्तो देखिएता पनि प्रधानमन्त्री ओलीको तानाशाही प्रवृतीको अन्त्य गर्न संविधान, गणतन्त्र, धर्म निरपेक्षता र संघियताको रक्षा गर्न यो लडाँईमा होमिएको हौँ( उनले भने । संसदमा एउटा कुरा र जनता सामू अर्को कुरा गर्ने ओलीको पाराले मदनकृष्ण र हरिवंशको हाँस्यकलालाई समेत पछि पारेको भन्दै उनले व्यङ्ग्य गरे । साथै उखाने पाराले देश नचल्ने भन्दै ओलीको चर्को विरोध समेत गरे । सभामा बोल्दै राज्य व्यवस्थापन तथा सुशासन समितिका संयोजक शशी श्रेष्ठ भन्छिन् स् देशमा राजनितिक अस्थिरता भयो, त्यसको फाईदा उठाउँदै विदेशी शक्तिहरुले नेपालमाथी विभिन्न खालका खेलहरू खेले, अब देशमा राजनितिक स्थिरताको आवश्यक्ता छ भन्यौँ र सो अनुसार चुनावी एजेन्डा बनाएर घोषणापत्र लिएर नागरिकको घरदैलोमा गयौँ, जनताले नेपाल कम्युनिष्ट पार्टी नेकपालाई लगभग दुईतिहाईको हाराहारीमा मत दिएर सरकारको बागडोर सम्हाल्ने जिम्मेवारी दियो, अहिले प्रधानमन्त्री ओलीले तानाशाही तरिकाले मतको कदर नगरि संविधानलाई कुल्चेर संसद विघटन गरेका छन् ।

दैनिक १८ घण्टा सम्म लोडसेडिङ्ग हुने अन्धकार देशलाई उज्यालो नेपाल बनाएका कुलमान घिसिङ विधुत प्राधिकरणको प्रमुखको रुपमा रहँदा कमिशनको खेलो खेल्न नपाए पछि अहिले ओलीले कुलमानलाई हटाएर कमिशनको खेलमा लाग्दै नेपाललाई फेरि अँध्यारो बनाएको श्रेष्ठको आरोप छ । सभामा नेकपा केन्द्रिय सदस्य एवम् नेकपा रामेछापका ईन्चार्ज देव शंकर पौडेल, नेकपा केन्द्रिय सदस्य एवम् विदेश विभाग प्रमुख युवराज चौलागाई, नेकपा प्रदेश सदस्य एवम् दोराम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तान, रामेछाप युवा संघका अध्यक्ष टिका मालबोके, नेकपा जिल्ला कार्य समिति सदस्य धनलाल योञ्जन लगायतका वक्ताले संविधान, गणतन्त्र, धर्मनिरपेक्षता र संघियतालाई लत्याउँदै ओलीले चालेको तानाशाही प्रवृतीबाट निम्त्याएको संसद बिघटनको विरोध गरेका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बागमती प्रदेश सभामा नेवार र तामाङ भाषा बाट सम्बोधन

बागमती प्रदेश सभामा नेवार र तामाङ भाषा बाट सम्बोधन

मकवानपुर । बागमती प्रदेश सभामा पहिलो पटक नेवार र तामाङ भाषा बाट प्रदेश सांसदहरूले सम्बोधन गरेका छन् ।  बागमती प्रदेश सरकारले सरकारी कार्यालयमा काम काजको भाषाको रूपमा वैशाख २४ गते देखी मान्यता दिने घोषणा गरे सँगै आजको प्रदेश सभामा नेवार र तामाङ भाषा बाट सम्बोधन...

मुख्य मन्त्रीलाई सम्मान पत्र सहित खादा र ब्याच मन्त्रालयमै

मुख्य मन्त्रीलाई सम्मान पत्र सहित खादा र ब्याच मन्त्रालयमै

हेटौडा । बागमती प्रदेश सरकारका मुख्य मन्त्री सालिकराम जमरकट्टेललाई ठुलिमदौ लिफ्ट सामुदायिक खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष यमबहादुर थापाले मन्त्रालयमै पुगेर सम्मान पत्र सहित खादा र ब्याच दिएका छन् । बागमती प्रदेश सरकारको लगानीमा रामेछापको मन्थली नगरपालिका...

आगलागी पीडितलाई तरुण नेताहरू द्वारा नगद सहित आवश्यक राहत सहयोग

आगलागी पीडितलाई तरुण नेताहरू द्वारा नगद सहित आवश्यक राहत सहयोग

रामेछाप । नेपाली काँग्रेसका तरुण नेताहरूले आगलागी पीडित परिवारलाई नगद सहित आवश्यक सहयोग गरेको छ ।  यही वैशाख २३ गते दोरम्बा शैलुङ्ग गाउँपालिका वडा नम्बर ७ थापागाँउको छेवाङ नाम्गेल तामाङको घरमा एक्कासि आगलागी हुँदा पूर्ण क्षेती भएको थियो । नाम्गेल तामाङको घर पुर्णरुपमा...