एसईई परीक्षा जेठ १३ देखी २४ गतेसम्म हुने

रामेछाप । २०७७ सालको माध्यमिक शिक्षा एसईई परीक्षा आगामी जेठ १३ गते शुरु भई २४ गते सकिने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले माध्यमिक शिक्षा एसईई परीक्षा २०७८ साल जेठ १३ गते देखी शुरु गरि २४ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको राष्ट्रिय परीक्षा बोर्डका प्रबक्ता जंग बहादुर अर्यालले जानकारी दिए ।
यसअघिका वर्षहरुमा चैत्र महिनामा हुँदै आएको माध्यमिक शिक्षा एसईईको परीक्षा यसवर्ष विश्वभर फैलिएको कोरोना भाइसरको कारण २ महिना ढिलो गरि जेठ महिनामा शुरु हुन लागेको हो । बैशाख महिनावाट शुरु हुनुपर्ने नयाँ शैक्षिक सत्र कोरोना भाइरसका कारण गत पुस महिनादेखी मात्रै भौतिक उपस्थितीमा कक्षा शुरु गरिएको थियो ।

Facebook Comments Box