एमाले नेता खनाललाई कोरोना संक्रमण पुष्टि ,नर्भिक अस्पताल भर्ना

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । खनाललाई झाडा पखाला लाग्ने र ज्वरो आउने भएपछी खनाल मनमोहन अस्पताल भर्ना भएका थिए । स्वास्थ्य कर्मीले कोरोना संक्रमण भएको हुनसक्ने भन्दै स्वाब परिक्षण गर्दा कोरोना संक्रमण भएको पाइएको छ । खनाललाई कोरोना संक्रमण पुष्टि भए संगै मनमोहन अस्पताल बाट नर्भिक अस्पताल ल्याइएको परिवारका एक सदस्यले जानकारी दिए । खनालको अवस्था भने सामान्य रहेको उनले जानकारी दिए ।

Facebook Comments Box