एमाले कार्यकर्ता द्वारा जिसस रामेछापमा ताला

रामेछाप । जिल्ला समन्वय समिति रामेछापमा नेकपा एमालेका कार्यकर्ताले ताला लगाएको छ । जिल्ला समन्वय समितिको हलमामा नेकपा एमालेले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुको भेला बोलाएको थियो ।
राष्ट्रिय राजनीतिक र पार्टीबाट निर्वाचित जनप्रतिनिहरुले खेल्नु पर्ने भूमिकाको विषयमा छलफल गर्न पार्टीले आयोजना गरेको जनप्रतिनिधीहरुको भेलामा आफ्नै पार्टीका कार्यकर्ताले जनप्रतिनिधीहरुलाई भित्र धुनेर समन्वय समितिको गेटमा ताला लगाएको हो । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले भने बाहिर रहेका छन ।
समन्वय समितीमा भएको छलफलमा बागमती प्रदेश कमिटीका सह–इन्चार्ज शेरबहादुर तामाङ पार्टीका नेता तथा समितिका पदाधिकारी स्थानीय तहका प्रमुख एवं कार्यपालिकाका सदस्यहरु, जिल्ला समन्वय समितिका प्रमुख एवं सदस्यहरु, प्रदेश सांसद, जिल्ला सचिवालयका सदस्यहरु र पालिका कमिटीका पदाधिकाहरुको सहभागीतारहेको छ ।
लिखुतामाकोशी गाउँपालिकाको अध्यक्ष गोबिन्द बहादुर खड्कालाई कार्यक्रममा सहभागी गराएको भन्दै जिससको गेटमा ताला लगाउन परेको लिखुतामाकोशी गाउँपालिका–६ का वडा अध्यक्ष शिब प्रसाद न्युपानेले बताए । उनका अनुसार नेकपा एमालेले पार्टीको साधारण सदस्य समेत नरहने गरी कार्वाही गरेको गाउँपालिका अध्यक्ष खड्कालाई कार्यक्रममा सहभागी गराएको भन्दै ताला लगाएको बताए ।
गाउँपालिका अध्यक्ष खड्काले बिना गल्ती उपप्रमुख दिपशिखा दाहाल न्यौपाने र वडा अध्यक्ष सुवास बोहोरालाई मुलुकी फौजदारी संहितामा मुद्धा दर्ता गराएर फसाउन लागेको वडा अध्यक्ष न्यौपानेको आरोप छ । बुधबार सो मुद्धामा गाउँपालिकाकी उपाध्यक्ष दिपशिखा दाहाल न्यौपाने र वडा नम्बर ७ का वडा अध्यक्ष सुवाश बोहोरालाई काठमाण्डौं जिल्ला अदालतले दोषी ठहर गरेको थियो । गाउँपालिकाकी उपाध्यक्ष दिपशिखा दाहाल न्यौपाने र वडा नम्बर ७ का वडा अध्यक्ष सुवाश बोहोरा अपराधिक लाभ एक्टेक्सन मुद्धामा दोषि ठहर भएको भन्दै काठमाण्डौं जिल्ला अदालतले मुद्धा फैसला गरेको थियो ।
गाउँपालिकाका अध्यक्ष गोबिन्दवहादुर खड्कालाई भने जति चन्दा नदिए गोली हानेर मार्ने धम्की दिएको आरोपमा लोप्सन भन्ने मिलन तामाङ र अमृत तामाङसगैं अभियुक्त बनाईएका उनीहरुलाई बुधबारनै काठमाण्डौं जिल्ला अदालतका न्यायाधीश रामचन्द्र पौडेलको इजलासले दोषी ठहर गरेको थियो । उक्त मुद्धामा आरोपित तिल्पुङकै ध्रुब कार्कीलाई भने अदालतले सफाई दिएको छ ।