एमाले कानुनको धज्जी उडाउदै , स्वागत द्वार निर्माण

Written by meropradesh creator

२१ बैशाख २०७९, बुधबार

रामेछाप । नेकपा एमालेले कानुनको धज्जी उडाउदै निर्वाचन आचारसहिँता बिपरित स्वागत द्धार निर्माण गरेको छ । मन्थलीका २ कठजोरमा नियमबिपरित आचारसहिँता बिपरित स्वागत द्धार बनाएका हुन् ।

मन्थली नगरपालिकामा आचार संहिता उल्लघंन गर्नेमा एमाले सवैभन्दा अघी छ । एमालेले मन्थली नगरपालिकामा स्वागत द्धारनै निर्माण गरेर प्रचार गरेको छ । जिल्ला सदरमुकाम भन्दा झण्डै ४ किलोमिटर भित्रकै क्षेत्रमा मन्थली वडा नम्बर २ को कैलाश डाडाँमा एमालेले स्वागत द्धार वनाएको हो ।

स्वागत द्धारमा एमालेबाट पालिकामा उम्मेदवार भएका प्रमुख र उप्रमुखका अतिरीक्त वडा अध्यक्ष र वडा सदस्यहरुको फोटो, प्रचार सामाग्रिी र झण्डा राखिएको छ । स्थानीय प्रहरी प्रशासन र मुख्य निर्वाचन अधिकृतको कार्यालयको नाकै अघी कानुनको धज्जी उडाउदै एमालेले गरेको उक्त आचार संहिता विपरीतको काम रोक्ने आँट कसैले गरेको छैन् ।

मन्थली नगरपालिका वडा नम्बर २ का वडा अध्यक्षका उम्मेदवार निर्माण व्यवसायी हुन । उनले केहि दिन अघी आचार संहिता विपरीत स्थानीय दलित वस्तीमा शैक्षिक सामाग्री भनेर बालवालिकाहरुलाई झोला र ड्रेस उपलव्ध गराएका थिए । निर्वाचन आचार संहिता जारी भइसकेपछि उक्त सामाग्री बाड्न पुगेका कार्की र उनका कार्यकर्ताहरुले निर्वाचन आचार संहिता लागेकोले केहि भाषण नगरेको उल्लेख गरेर भोट मात्र माग्न आएको उल्लेख गरेका थिए ।

आचार संहिता विपरित हुने लकेट, गाडिमा झण्डा, सार्वजनिक स्थानमा झण्डा, कार्यक्रम बाहिर लाउड स्पीकरको प्रयोग, भोज भतेर लगाएतका आचार संहिता उल्लघन गर्नेमा एमाले लगाएत प्रमुख राजनीतिक दल नेपाली काँग्रेस र एकिकृत माओवादी समेत छन् । खाँडादेवि गाउंपालिकामा एकिकृत समाजवादीले भोट माग्न जाने कार्यकर्तालाई क्याप र टि सर्ट समेत छापेर वितरण गरेको छ । यसैगरी अन्य पालिकामा समेत टि सर्ट छपाई भइसकेको र वितरणको तयारी रहेको वुझीएको छ ।

निर्वाचन आयोगले तोकेको साईज भन्दा फरक र रंगिन पोष्टर, क्यालेण्डर लगाएत आकर्षक सामाग्री वितरण गरेर राजनीतिक दलहरुले चुनावी कार्यक्रमलाई भडकिलो वनाउदै आएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

गस्तीमा खटिएका दुई जना प्रहरीको मोटरसाइकल दुर्घटनामा ज्यान गयो

गस्तीमा खटिएका दुई जना प्रहरीको मोटरसाइकल दुर्घटनामा ज्यान गयो

रामेछाप । सिन्धुलीमा गस्तीमा खटिएका दुई जना प्रहरीको मोटरसाइकल दुर्घटना हुँदा ज्यान गएको छ । सिन्धुलीको फिक्कल गाउँपालिका –५ झगडेँबेसी स्थित भित्री कच्ची सडकखण्डको सोल्पाडाँडाबाट प्रहरी चौकी तर्फ फर्कने क्रममा प्रदेश ३–०२–००१ ब ४७९ नम्बरको मोटरसाइकल दुर्घट्ना हुदा दुई...

३ जना सवारी चालक प्रहरी नियन्त्रणमा

३ जना सवारी चालक प्रहरी नियन्त्रणमा

रामेछाप । लागु पदार्थ सेवन ( ला.प.से.) गरी सवारी चलाउने ३ जना सवारी चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले नियन्त्रणमा लिएको छ ।आइतबार दिउसो मन्थली अस्पतालको समन्वयमा मन्थली नगरपालिका वडा नं.१ भैशेश्वरमा गरिएको लागु पदार्थ सेवन सम्पन्धी चेक जाँचको क्रममा तिन...

गौरीशंकर बहुमुखी क्याम्पसको नयाँ भवन बन्दैं

गौरीशंकर बहुमुखी क्याम्पसको नयाँ भवन बन्दैं

रामेछाप । रामेछापको पुरानो सदरमुकाम रामेछापमा रहेको गौरीशंकर बहुमुखी क्याम्पसको नयाँ भवन निर्माण हुने भएको छ । आफ्नो भवन हुदाँ हुदै पठन पाठनमा समस्यामा व्यहोर्दै आएको क्याम्पसले अब भने सुविद्या सम्पन्न भवन पाउँने भएको छ । भवन निर्माणको लागि विश्व विद्यालय अनुदान...