एक घर एक ट्याङ्की वितरण अभियान जारी

रामेछाप । रामेछाप नगरपालिका–७ सुकाजोरले नागरीकहरुलाई पानीको समस्या भएको भन्दै तत्काल समस्या समाधानको लागी एक घर एक ट्याङ्की बितरण बितरण कार्यक्रमलाई जारी राखेको छ । रामेछाप नगरपालिका वडा–७ सुकाजोरले नागरीकहरुलाई पानी संकलन गर्न सहयोग पुर्याउने लक्ष्यका साथ केही वर्ष अघिदेखी एक घर एक ट्याङ्की वितरण अभियान सन्चालन भईरहेको छ ।
आकाशे पानी संकलन गरी विभिन्न काममा प्रयोग गर्न सहजहोस भन्ने उद्धेश्यका साथ वडामा एक घर एक ट्याङ्की वितरण अभियान कार्यक्रम सञ्चालन गरेको वडा अध्यक्ष समिर कार्कीले जानकारी दिए । अध्यक्ष कार्कीको अनुसार खिर्रेपानी गैरी गाउँका ४४ घरपरिवारलाई बुधबार ट्याङ्की वितरण गरिएको बताए । आर्थिक वर्ष २०७७÷७८ को विनियोजित बजेटबाट ५० वर्ष वारेन्टि भएको ५ सय लिटरको ट्याङकी वितरण गरिएको अध्यक्ष कार्कीले बताए ।
कृषि तथा पशु पालन क्षेत्रमा पानीको प्रयोग गर्न सहज पुग्ने विश्वासका साथ ट्याङकी वितरण गरिएको वडा अध्यक्ष कार्कीको भनाई छ । वडाका अब केही टोलहरुमा मात्र ट्याङकी वितरण गर्न बाँकी रहेको र ति टोलहरुमा पनि यस आर्थिक वर्ष भित्रमै वितरण गरिसक्ने बताए ।

Facebook Comments Box