एक्काईस वटा अटो ट्राफिक प्रहरी निययन्त्रणमा

रामेछाप । लामो समयदेखीद जिल्ला सदरमुकाम मन्थलीमा नै नियम बिपरित संचालन हुँदै आएका २१ अटो जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले आफ्नो नियन्त्रणमा लिएको छ ।
सदरमुकाम मन्थली लगाएतका स्थानमा संचालन भएका अटो व्यवसायीहरुले यात्रुहरुसँग मनलाग्दी रुपमा भाडा असुल्ने गरेको र आवश्यक कागजात बिना नै अटो संचालन गरेको यात्रुहरुले प्रहरीलाई गुनासो गरेका थिए । यात्रुहरुको गुनासोको आधारमा जिल्ला ट्राफिक प्रहरीले गरेको चेकजाँचको क्रममा २१ वटा अटोका कागजात विना नै संचालन गर्दै आएको भेटिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख रामेश्वर पाण्डेले जानकारी दिए ।
उनले भने– केही दिन अघि अटोमा यात्रा गर्ने यात्रीहरुले अटो व्यवसायीहरुले मनलाग्दी बढी भाडा असुल्ने गरेको गुनासो गरेसँगै हामीले चेकजाँचलाई कडाई गरेका थियौं । चेकजाँचको क्रममा सदरमुकाममा संचालित २१ वटा अटो व्यवसायीहरुले कागजात विना नै अटो संचालन गर्दै आएको भेटिएकाले ती सवै अटो प्रहरीको नियन्त्रणमा लिएका छौं । व्यवसायीहरुले आवश्यक कागजात ल्याएपछि मात्रै अटो संचालन गर्न दिने ट्राफिक प्रमुख पाण्डेले बताए । सदरमुकाम मन्थलीमा रहेको भुमेथान यातायात प्रालिले दुईवर्ष अघि जिल्ला प्रशासन कार्यालय रामेछापमा विधिवत रुपमा दर्ता गरी अटो व्यवसाय संचालनमा ल्याएको हो । हाल उक्त प्रालिमा ३५ वटा दर्ता रहेका छन् । यसवाहेक जिल्लामा संचालन भएका अन्य अटो व्यवसायीहरुले दर्ता प्रक्रिया विना नै व्यवसाय संचालन गर्दै आएको भुमेथान यातायात प्रालिका जिल्ला अध्यक्ष पदमबहादुर श्रेष्ठले जानकारी दिए ।
उनले भने– हामीले अरु व्यवसायीहरुले व्यवसाय नै नगरुन भन्ने हैन् । कम्तीमा व्यवसाय संचालन गर्दा कानुन अनुसारको आवश्यक प्रक्रिया पुर्याएर गर्नुपर्ने हो त्यो भएको देखिएन् । सवै व्यवसायीहरुले कागजी प्रक्रिया पुरा गरेर अटो संचालन गर्न अनुरोध गरेका छौं ।

Facebook Comments Box