उपमेयर खड्कले आफू चढ्ने गाडीलाई बनाइन एम्बुलेन्स

सन्तोष ढुङ्गेल

बैशाख , २७ रामेछाप
रामेछाप । रामेछाप नगरपालिकाकी उपमेयर सृर्जना खड्काले आफु चढ्दै आएको गाडीलाई एम्बुलेन्स बनाएकी छिन । केही दिन यता रामेछापमा कोरोना सक्रमित बढे सगै जोखिम पनि उत्तिकै बढीरहेको छ । रामेछाप ग्रामिण जिल्ला त्यसमा पनि सार्वजनिक यातायातका साधन बन्द भएपछी कोभिडका बिरामीले सस्ती बेहोरी रहेका थिए । बिरामीलाई सजिलो होस् भन्ने उदेश्यले रामेछाप नगरपालिकाकी उपप्रमुख सृजना खड्काले आफु चढ्ने गाडीलाई कोरोना संक्रमित बोक्ने एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिएकी छिन् । नगरपालिका भित्रै दिनप्रतिदिन कोरोना संक्रमितको संख्या थपिदै जाँदा संक्रमितलाई उपचारको लागि अस्पताल लैजान एम्बुलेन्सको अभाव नहोस भनेर आफुले चढ्ने गाडीलाई एम्बुलेन्स बनाइएको उहाँले बताइन् । आफ्नो सुबिधा भन्दा पनि जनताको पिडा ठुलो भएको भन्दै गाडीलाई एम्बुलेन्स बनाएको बताइन । जनताले मत दिएर बिजय गराएका हुन त्यो मतलाई कहिले पनि चोट पुग्न नदिने पनि खड्काले बताइन । नगरपलिकामा ५ वटा एम्बुलेन्सले नभ्याए पछी उप – प्रमुख खड्का आफुले चढ्ने गाडी जनाताको सेवकओ लागि उपयोग गराएको बताइन ’नगरवासीहरुलाई उपचारका लागि अस्पताल पुग्न सहजहोस,यस्तो बेलामा हामी गाडी चढेर के गर्ने ? त्यसैले म चढने गाडीलाई एम्वुलेन्स बनायौं ’ उपप्रमुख खड्काले बताइन् । उहाँले चढ्ने बा २ झ ४४६३ नम्बरको गाडी नगरपालिकाका नागरीकहरुको उपचारका लागि प्रयोग हुनेछ । गाडीमा सिट र आवश्यकता अनुसार अक्सिजन सिलिण्डर व्यवस्थापन गरिने छ । रामेछाप नगरपालिकाका प्रमुख नर ब. थापा मगरले आवश्यक परे आफुले चढ्ने गाडीलाई पनि एम्बुलेन्स बनाईने बताए । नगरपालिकाले दुई वटा एम्बुलेन्स किन्ने तयारी भईरहेका बेला कोविड माहामारी आएर सो काम रोकिएको र जसका कारण आफु र उपप्रमुखले चढ्ने गाडी एम्बुलेन्स बनाउने निर्णय भए अनुसार दुई वटा गाडीलाई एम्बुलेन्स बनाईने नगर प्रमुख थापा मगरले बताए ।

Facebook Comments Box