उपचारको लागि डा.बाबुराम भट्टराई भारत जादै

Written by meropradesh creator

९ फाल्गुन २०७७, आईतवार

रामेछाप । पूर्व प्रधानमन्त्री तथा जनता समाजबादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई स्वास्थ्यउपचाको लागि आइतवार छिमेकी मुलुक भारत जाने भएका छन् ।
पूर्व प्रधानमन्त्री भट्टराईको स्वास्थ्यमा समस्या आएपछि उनी नेपाल वायु सेवाको जहाजबाट भारतको नयाँ दिल्ली जान लागेका हुन । लामो समयदेखी पेट सम्वन्धि रोगले ग्रसित भएका डा.भट्टराईले राजधानी काठमाण्डौंको निदान अस्पतालमा पटक–पटक उपचार गराउँदै आएका थिए । अस्पतालमा उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार नआएपछि उनी भारत जान लागेका हुन् ।
उनको उपचारमा संलग्न चिकित्सकहरुले न्युरो–इन्डोक्राइनको ट्युमर भएको आंशका गरेपछि चिकिस्तकहरुले थप उपचारको लागि दिल्ली जान सिफारिस गरेपछि भट्टराई भारत जान लागेका हुन् । भट्टराईको दिल्लीमा रहेको इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्समा उपचार हुने छ । भट्टराईको साथमा श्रीमती हिसिला यमी र उनका प्रेस सल्लाहाकार विश्वदीप पाण्डे रहनेछन् ।

Related Articles

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...