आफ्नै शरीरमा आगो लगाएका भुजेलको मृत्यु

रामेछाप । मन्थली नगरपालिका–५ सुनारपानीका ४३ बर्षिय हिरा भुजेलको मृत्यु भएको छ । भुजेलले शुक्रवार राती आफ्नै शरिरमा मट्टितेल छर्की आगो लगाएका थिए । भुजेलले आफ्नै शरिरमा आगोलगाएको बुहारी सविना भुजेलले देखेपछि आगो निभाएका थिए । आगो निभाएपनी भुजेललको शरीर जलेर बोल्न नसक्ने अवस्थामा उपचारको लागि काठमाडौं पठाइको थियो । उपचारको क्रममा हिजो मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशकंर श्रेष्ठका अनुसार शुक्रवार घटना थाहा पाए लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा पाँच जनाको टोलीले उद्धार गरी तामाकोसी अस्पतालमा ल्याए सामान्य उपचार गरी थप उपचारकोलागी काठमाण्डौ पठाएको बताए । सूचना अधिकारी श्रेष्ठका अनुसार भुजेलको हिजो किर्तिपुरस्थित अस्पतालमा उपचारको क्रममा निधन हो ।