आफूले पाउने सेवा सुविधा बाट अध्यक्ष खड्का द्वारा : स्वर्गीय बुबाको नाममा अक्षयकोषमा सहयोग  

१७ फाल्गुन २०८०, बिहीबार

रामेछाप । गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्का (दिनेश)ले स्वर्गीय बुबा पूर्णबहादुर खड्काको नाममा २ लाख गोकुलगंगा माध्यमिक विद्यालयमा स्थापना गर्न विद्यालयलाई चेक हस्तान्तरण गरेका छन् । अध्यक्ष खड्काले आफूले पालिकाबाट पाउने सेवा सुविधाको रकमबाट आफ्ना स्वर्गीय बाबुको नाममा विद्यालयले स्थापना गरेको अक्षयकोषमा सहयोग गरेका हुन् । 

गोकुलगंगा माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको अवसर पारेर अध्यक्ष खड्काले स्वर्गीय बुबालाई सम्झँदै आफ्नो बुबाले स्थापना गरेको र निःशुल्क बर्षौ सम्म अध्यापन गरेर जन्माएको विद्यालयको स्तर उन्नतिको लागी उक्त रकम हस्तान्तरण गरेका हुन् । गाउँपालिकामा आफू अध्यक्ष भए सँगै कुनै पनि प्रकारको भ्रष्टाचार जन्य क्रियाकलाप हुन नदिएको र अब पनि हुन नदिने बताए । गाउँपालिकाले उपलब्ध गराउने कुनै पनि प्रकारको सेवा सुविधा आफूले नलिएको भन्दै आफूलाई आउने बापतको रकम बाट अघिल्लो वर्ष एक विद्यालय र यो वर्ष गोकुलगंगा माध्यमिक विद्यालयलाई सहयोग गर्ने बताए । 

 खड्काले भने – मैले गोकुलगंगा गाउँपालिकाको अध्यक्ष भएर हेर्दा पालिका भरिका सबै विद्यालयलाई समान ढङ्गको व्यवहार गर्न पर्छ । तर पनि गोकुलगंगा माध्यमिक विद्यालयसँग मेरो बुबा जोडिनु भएकोले यस विद्यालयलाई विशेष रूपले हेर्नेछु र व्यक्तिगत सहयोग गर्न कुनै कसर छाड्दिन ।

शिक्षा नै देशको नर्सरी भएको कारणले आफूले निजी तरिकाले होस् या पालिकाको तर्फबाट शिक्षालाई गुणस्तरीय बनाउने विशेष योजनाका साथ अघि बढेको समेत खड्काले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

गस्तीमा खटिएका दुई जना प्रहरीको मोटरसाइकल दुर्घटनामा ज्यान गयो

गस्तीमा खटिएका दुई जना प्रहरीको मोटरसाइकल दुर्घटनामा ज्यान गयो

रामेछाप । सिन्धुलीमा गस्तीमा खटिएका दुई जना प्रहरीको मोटरसाइकल दुर्घटना हुँदा ज्यान गएको छ । सिन्धुलीको फिक्कल गाउँपालिका –५ झगडेँबेसी स्थित भित्री कच्ची सडकखण्डको सोल्पाडाँडाबाट प्रहरी चौकी तर्फ फर्कने क्रममा प्रदेश ३–०२–००१ ब ४७९ नम्बरको मोटरसाइकल दुर्घट्ना हुदा दुई...

३ जना सवारी चालक प्रहरी नियन्त्रणमा

३ जना सवारी चालक प्रहरी नियन्त्रणमा

रामेछाप । लागु पदार्थ सेवन ( ला.प.से.) गरी सवारी चलाउने ३ जना सवारी चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले नियन्त्रणमा लिएको छ ।आइतबार दिउसो मन्थली अस्पतालको समन्वयमा मन्थली नगरपालिका वडा नं.१ भैशेश्वरमा गरिएको लागु पदार्थ सेवन सम्पन्धी चेक जाँचको क्रममा तिन...

गौरीशंकर बहुमुखी क्याम्पसको नयाँ भवन बन्दैं

गौरीशंकर बहुमुखी क्याम्पसको नयाँ भवन बन्दैं

रामेछाप । रामेछापको पुरानो सदरमुकाम रामेछापमा रहेको गौरीशंकर बहुमुखी क्याम्पसको नयाँ भवन निर्माण हुने भएको छ । आफ्नो भवन हुदाँ हुदै पठन पाठनमा समस्यामा व्यहोर्दै आएको क्याम्पसले अब भने सुविद्या सम्पन्न भवन पाउँने भएको छ । भवन निर्माणको लागि विश्व विद्यालय अनुदान...