आगामी तीन दिन कम पानी पर्छ–मौसमबिद्

Written by meropradesh creator

१६ भाद्र २०७८, बुधबार

रामेछाप । आगामी तीन दिन दिउँसो कम मात्रामा बर्षाद हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही दिनअघि सम्म देशभरी नै ठूलो वर्षा गराउने वायु प्रणाली अहिले कमजोर रहेकाले आगामी तीन दिन दिउँसोको समयमा कम मात्रामा पानी पर्ने भएको हो । महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार वुधवार दिउँसो देशभर मौसममा सामान्य बदली भई केही स्थानमा सामान्यदेखी मध्यमसम्मको वर्षाको सम्भावना रहेको भएता पनि ठूलो वर्षा भने नहुने बताए ।

त्यस्तै आज राती प्रदेश १ को एक÷दुई स्थानमा भारी रुपमा वर्षाको सम्भावना रहेको छ । मनसुनको समयमा दिउँसोभन्दा रातीको समयमा धेरै पानी पर्ने भएकाले एक÷दुई स्थानमा ठूलो पानी पर्नसक्ने मौसमविद् श्रेष्ठले जानकारी दिए ।

Related Articles

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...