आइसोलेनमा बसेका दुई कोरोना संक्रमित गम्भिर भएपछि काठमाण्डौं पठाइयो

Written by meropradesh creator

२२ बैशाख २०७८, बुधबार

रामेछाप । केहीदिन अघि कोरोना संक्रमण देखिएपछि जिल्ला अस्पताल रामेछापका आइलोसेलनमा भर्ना भई उपचार गरिरहेका दुई जनाको अवस्था गम्भिर भएपछि वुधवार थप उपचारको लागि काठमाण्डौं पठाइएको छ ।
दोश्रो लहरको कोरोना संक्रमण देखिएपछि एकहप्ता देखी जिल्ला अस्पतालको आइसोलेसन कक्षमा उपचाररत मन्थली नगरपालिका वडा नं ८ का ६६ वर्षिय एक पुरुष र रामेछाप नगरपालिका वडा नं ४ का ४० बर्षिय एक पुरुषको अवस्था गम्भिर भएपछि थप उपचारको लागि काठण्माडौं पठाइएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्रकुमार कर्णले जानकारी दिए ।
जिल्ला अस्पताल रामेछापमा निमार्ण गरिएको १८ वेड क्षमतको आइसोलेसन कक्षमा हाल ७ जनाको उपचार भइरहेको थियो । उपचाररत ७ जनामध्ये दुई जनाको अवस्था जटिल बनेपछि उनीहरुलाई काठमाण्डौ पठाइएको र हाल ५ जना कोरोना सक्रिय संक्रमितको आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।
दोश्रो लहरको कोरोनाको जोखिम वढेसँगै कोरोना सक्रिय संक्रमितको संख्यामा समेत बृद्धि भएको छ । अहिले मन्थली नगरपालिकामा १८ जना, रामेछाप नगरपालिकामा १ जना, खाँडादेवी गाउँपालिकामा ३ जना, गोकुुलगंगागा उँपालिकामा ९ जना, दोरम्वा गाउँपालिकामा २ जना र लिखुु तामाकोशी गाउँपालिकामा ७ जना गरि ४७ जना सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।
अधिकासं कोरोना सक्रिय संक्रमितहरु आफ्नै घरमा होम आइसोलेसनमा बसेका छन् । स्थानिय गाउँपालिकाहरुले लाखौ खर्च गरेर आइसोलेसन कक्ष निमार्ण गरेको भएता पनि ती अधिकासं आइसोलेसन कक्षखाली रहेका छन् । जिल्ला भर हाल १ सय १६ वेड क्षमताको आइसोलसन कक्ष निमार्ण भएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बागमती प्रदेश सभामा नेवार र तामाङ भाषा बाट सम्बोधन

बागमती प्रदेश सभामा नेवार र तामाङ भाषा बाट सम्बोधन

मकवानपुर । बागमती प्रदेश सभामा पहिलो पटक नेवार र तामाङ भाषा बाट प्रदेश सांसदहरूले सम्बोधन गरेका छन् ।  बागमती प्रदेश सरकारले सरकारी कार्यालयमा काम काजको भाषाको रूपमा वैशाख २४ गते देखी मान्यता दिने घोषणा गरे सँगै आजको प्रदेश सभामा नेवार र तामाङ भाषा बाट सम्बोधन...

मुख्य मन्त्रीलाई सम्मान पत्र सहित खादा र ब्याच मन्त्रालयमै

मुख्य मन्त्रीलाई सम्मान पत्र सहित खादा र ब्याच मन्त्रालयमै

हेटौडा । बागमती प्रदेश सरकारका मुख्य मन्त्री सालिकराम जमरकट्टेललाई ठुलिमदौ लिफ्ट सामुदायिक खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष यमबहादुर थापाले मन्त्रालयमै पुगेर सम्मान पत्र सहित खादा र ब्याच दिएका छन् । बागमती प्रदेश सरकारको लगानीमा रामेछापको मन्थली नगरपालिका...

आगलागी पीडितलाई तरुण नेताहरू द्वारा नगद सहित आवश्यक राहत सहयोग

आगलागी पीडितलाई तरुण नेताहरू द्वारा नगद सहित आवश्यक राहत सहयोग

रामेछाप । नेपाली काँग्रेसका तरुण नेताहरूले आगलागी पीडित परिवारलाई नगद सहित आवश्यक सहयोग गरेको छ ।  यही वैशाख २३ गते दोरम्बा शैलुङ्ग गाउँपालिका वडा नम्बर ७ थापागाँउको छेवाङ नाम्गेल तामाङको घरमा एक्कासि आगलागी हुँदा पूर्ण क्षेती भएको थियो । नाम्गेल तामाङको घर पुर्णरुपमा...