काठमाडौं । अर्थतन्त्र सुधारका लागी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज छलफल गर्ने भएको छ । अर्थतन्त्र सुधारका उपायबारे छलफल गर्न आज प्रधानमन्धी दहालले अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्र बैंक लगायत सरकारी निकायका प्रतिनिधिहरूलाई बोलाइएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने छलफल अर्थतन्त्रको वर्तमान अवस्था, निजी क्षेत्रका सुझाव र सुधारका लागि सरकारले गर्नुपर्ने निर्णयका विषयमा केन्द्रित हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...