अबैद्य सामाग्री बिक्रीगर्ने अनुराग इन्टरप्राइजेजमा प्रहरीको छापा, ठूलो परिणाममा सामाग्री जफत

Written by meropradesh creator

११ जेष्ठ २०७८, मंगलवार

रामेछाप । जिल्लाको मुटु मानिने सदरमुकाम मन्थलीमा बिगत लामो समयदेखी अवैद्य रुपमा गुणस्तरहिन सामाग्री बिक्रीबितरण गर्दै आएको अनुराग इन्टरप्राइजेज एण्ड सप्लार्यसमा प्रहरीको टोलीले सोमवार छापा मारेर ठूलो परिणाममा अवैद्य सामाग्री जफत गरेको छ ।
सदरमुकाममा लामो समयदेखी कस्मेटिक पसल संञ्चालन गर्दै आएका अनुराग इन्टरप्राइजेजका संञ्चालक सुदिश शाहले स्थानिय प्रहरी प्रशासनको आँखा छल्दै गुणस्तरहिन सामाग्री बिक्रीबितरण गर्दै आएका थिए । पछिल्लो समय उनले कोरोना महामारीको मौका छोपी कालो धन कमाउने हेतुले अवैद्य रुपमा गुणस्तरहिन सेनिटाइजरको विक्रीबितरण गर्दै आएको जनगुनासोका आधारमा प्रहरीले पसलमा छापा मारेको हो ।
कोरोना मfहामारीको समयमा प्रहरी प्रशासनको आँखा छली लुकाईछिपाई ठूलो परिणाममा जिल्ला भित्र्याइएको गुणस्तरहिन सेनिटाइजर अनुगमन टोलीले जफत गरेको छ । व्यवसाय संञ्चालकले मनलाग्दी रुपमा रकम लिई विक्रीबितरण गरेपछि स्थानिय उपभोक्ताहरुले स्थानिय प्रशासनमा मौखिक उजुरी गरेका थिए । अनुराग इन्टरप्राइजेजबाट अवैद्य रुपमा विक्री गरेको गुणस्तरहिन सेनिटाइजर नागरिकहरुले प्रयोग गर्दा हात फुट्ने, चिलाउने र छाला खस्रो हुने जस्ता समस्या देखिएको थियो ।
जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, रामेछाप उद्योग वाणिज्य संघ र जिल्ला प्रशासन कार्यालयको सयुक्त अनुमगन टोलीले अनुराग इन्टरप्राइजेजवाट बरामद गरेको ७० प्याकेट अवैद्य सेनिटाइजर सोमवार नै नष्ट गरेको छ । प्रहरीले उपभोग गर्न नमिल्ने नक्कली अवैद्य सामाग्रीहरु बिक्री बितरण गर्ने व्यवसायीहरुलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ अनुसार कारवाही गर्ने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।
उनले भने– कोरोना महामारीमा अवैद्य सामाग्री बिक्री गरेको गुनासोका आधारमा अनुगमन गरि जफत गरिएको सामाग्री अनुमगन टोलीको रोहवरमा नष्ट गरेका छौं । अब पुनः यस्तो किसिमको उपयोग गर्न नमिल्ने सामाग्री विक्रीबितरण गरेको भेटिएमा कानुन अनुसार हदैसम्मको कारवाही गरिने बताए ।


विश्वभर कोरोनाको कारण नागरिकहरु आक्रान्त भइरहेका बेला अवैद्य रुपमा सामाग्रीहरु बिक्रीबितरण गर्ने र कालो बजारी गर्ने यस्ता व्यवसायीलाई हदैसम्मको कानुन अनुसारको कारवाही गरिनु पर्ने उपभोक्ता मञ्च रामेछापका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । उनले भने– यस्तो विपद्को समयमा अवैद्य सामाग्री विक्रीवितरण गर्ने छुट कसैलाई पनि छैन् । अवैद्य सामाग्री विक्री गर्ने व्यवसायीलाई तत्काल कारवाहि गर्नुपर्ने अध्यक्ष शर्माले बताए ।
यसअघि पनि अनुराग इन्टरप्राइजेज एण्ड सप्लार्यसवाट पटक–पटक प्रहरी प्रशासनको आँखामा छारो हाल्दै गुणस्तरहिन सामाग्री विक्री वितरण गर्दै आएका छन् । उक्त फार्मका सञ्चालक शाहले गुुणस्तरहिन कस्मेटिक सामाग्रीहरुमा सेम्पु, कन्डीस्नर, ट्रीटमेन क्रिम, सनब्लक क्रिम, बालबालिकाहरुले प्रयोग गर्ने जोमसोम बेबीको क्रिम लगाएतका सामाग्रीहरु समेत विक्री वितरण गर्दै आएका थिए । त्यस पसलवाट खरिद गरिएका सामाग्रीहरु प्रयोग गर्दा कपाल झरेर तालु खुइले हुने, छालामा दाग आउने जस्ता समस्याहरु आउने गरेको मन्थली नगरपालिका वडा नं १ की कमला भुजेलले जानकारी दिइन ।
उनले भनिन्– राम्रो सामाग्री पाइन्छ होला भनेर बच्चाको लागि जोमसोम बेवी क्रिम किनेर लगे । बच्चालाई उक्त क्रिम लगाउँदा छालामा पुरै खटिरा आउने र चिलाउने जस्ता समस्या आए । पछि हेर्दा त क्रिमको म्याद सकिएको डेढ वर्ष भएको रहेछ । त्यस्तै मैले प्रयोग गर्न स्याम्पु र कन्डीस्टनर ओरजिनल भनेर उनले भनेजती मूल्य तिरेर किने । त्यो पनि डुब्लीकेट गुणस्तरहिन पो परेछ । यस्ता गुणस्तरहिन सामाग्री बेच्ने व्यवसायीलाई स्थानिय प्रशासनले कडा कारवाहि गर्नुपर्ने उपभोक्ता भुजेल बताउँछिन् ।


अनुराग इन्टरप्राइजेजका सञ्चालक शाहले बजारमा अन्य कस्मेटिक व्यवसायीहरुको भन्दा सामाग्रीहरुमा चर्को मूल्य लिदै आएका छन् । सामानहरु किन्न जाँदा अन्य पसलमा त्यही सामानको मूल्य धेरै कम हुन्छ । तर शाहले त्यहीँ सामाग्री उपभोक्ताहरुको ढाड सेक्ने गरि रकम लिने गरेका छन् । यसरी मनलाग्दी मूल्य लिएर सामानहरु विक्री गर्दा पनि स्थानिय प्रशासनले कुनै वास्ता नगरेको एक व्यवसायीले आफ्नो नाम नछाप्ने शर्तमा बताए ।
उनले भने– एकै व्यवसायीले धेरै प्रकारका सामाग्रीहरु विक्री गर्दै आएको लामो समय भयो । हामीलाई अनुुगमन आउने टोलीले दर्ता बिना कुनै व्यवसाय गर्न पाइदैन भन्छन् । तर उनले एउटा र्फाममा धेरै किसिमका सामानहरु विक्री वितरण गर्दै आएका छन् । व्यवसायी शाहले राज्यलाई तिर्नुपर्ने राजश्ज समेत नतिरी कालो धन कमाउने र उक्त रकम प्रहरी प्रशासनमा पुनि पुग्ने गरेको छ की भन्ने शंका लागेको बताए ।
वजारमा अवैद्य रुपमा सामाग्रीहरु विक्रीवितरण गरेको गुनासोका आधारमा अनुगमनमा निस्किएको रामेछाप उद्योग वाणिज्य संघले सबै व्यवसायीहरुलाई गुणस्तरयुक्त सामाग्रीहरु मात्रै खरिद गरेर ल्याउन र उपभोक्ताहरुलाई विक्रीवितरण गर्न कडा निर्देशन दिइएको रामेछाप उद्योग वाणिज्य संघका सचिव सुरेश उदासले जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

दुबइमा शिशुको जन्म पछि फरार रहेकी पहरीलाई सम्पर्कमा आउन दूतावासको आग्रह

दुबइमा शिशुको जन्म पछि फरार रहेकी पहरीलाई सम्पर्कमा आउन दूतावासको आग्रह

काठमाण्डौं । संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा शिशुको जन्मपछि फरार रहेकी ललितपुरकी २८ वर्षीय रेणुका पहरीलाई सम्पर्कमा आउन नेपाली दूतावास आबुधावीले आग्रह गरेको छ । युएईको लतिफा हस्पिटल दुबईमा गएको अगस्त १६ मा अस्पतालको इमरजेन्सी कक्षमा भर्ना भएकी पहरीले जन्म दिएको...

अमरध्वज लामा रेडियो नेपालको कार्यकारी निर्देशकमा नियुक्त

अमरध्वज लामा रेडियो नेपालको कार्यकारी निर्देशकमा नियुक्त

काठमाडौं । रेडियो नेपालको कार्यकारी निर्देशकमा मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले अमरध्वज लामा नियुक्त भएका छन् । सञ्चार मन्त्रालयको प्रस्तावमा लामालाई मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले रेडियो प्रसार विकास समितिको कार्यकारी निर्देशक नियुक्त गरेको हो ।मन्त्रालयका...

दोरम्बामा भालुको आक्रमण ः घाइतेलाई उपचारको लागी काठमाण्डौं लगियो 

दोरम्बामा भालुको आक्रमण ः घाइतेलाई उपचारको लागी काठमाण्डौं लगियो 

रामेछाप । भालुको आक्रमणबाट दोरम्बा सैलुङ गाउँपालिकामा एक जना गम्भीर घाइते भएका छन् । भालुको आक्रमण बाट घाइते भएका दोरम्बा सैलुङ गाउँपालिका–४ गौश्वरा तामचेतका भक्तबहादुर तामाङलाई सामान्य उपचार गरी थप उपचारका लागी काठमाडौँ लगिएको दोरम्बा सैलुङ गाउँपालिकाका उपाध्यक्ष...