अबैद्य गाँजा र मदीरा नष्ट

Written by meropradesh creator

१५ माघ २०७७, बिहीबार

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले गएको जिल्लाको विभिन्न गाउँपालिकामा अवैद्य रुपमा लगाइएको गाँजा नष्ट गरेको छ ।
प्रहरीले सुराकीको आधारमा गोकुलगंगा गाउँपालिकाको चुचुरे, ठोसे, रस्नालु र खाँडादेवी गाउँपालिकाको माकादुम, मझुवामा गरि ३ हजार ७ सय ४५ थान अवैद्य गाँजाका बिरुवा नष्ट गरेको हो । गाँजा खेती गर्न नपाउँने कानूनी व्यवस्था हुँदाहुँदै किसानहरुले लुकिछिपी गाँजा खेती गर्ने गरेको गुनासोको आधारमा प्रहरीले ती स्थानमा पुगी नष्ट गरेको हो ।
त्यसैगरी जिल्लाका विभिन्न नाकाहरुमा प्रहरीले गरेको चेकजाँचको क्रममा विक्री गर्न लैजादै गरेको अवैद्य १ हजार ८० लिटर घरेलु मदिरा प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ । प्रहरी कार्यालयमा भएको रेकर्ड अनुसार एकवर्षको अवधिमा ती अवैद्य वस्तुहरु नष्ट गरिएको हो ।
त्यस्तै घरेलु मदिरा उत्पादन गर्ने स्थानको पहिचान गरि मदिरा नियन्त्रण लिनुको साथै मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ समेत प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Related Articles

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...