काठमाडौं । कोशी प्रदेश नाम खारेजीको माग राख्दै आन्दोनमा उत्रेका संघीय लिम्बुवान मञ्चका केन्द्रीय उप–कमान्डर पदम सुक्वाबा (लिम्बू)को प्रहरीको कुटाई बाट मृत्यु भएको छ । आन्दोलनको क्रममा गम्भीर घाइते भएका लिम्बूको आज बिहान २ बजे मृत्यु भएको हो ।
चैत ५ गते विराटनगरमा भएको कोशी प्रदेश खारेजीको आन्दोलनमा प्रहरीको लाठी चार्ज बाट गम्भिर घाइते भएका उनको उपचारको क्रममा आज विहान धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । अस्पताल स्रोतका अनुसार लिम्बूको आज विहान साढे २ बजे निधन भएको हो ।
प्रहरीको लाठी चार्चका क्रममा उनको टाउकोमा गम्भीर चोट लागेको थियो । उनी चैत ८ गते अचनाक बेहोस भएका थिए । ४२ वर्षीय मृतक पदम तेह्रथुमको म्याङ्लुङ नगरपालिका – ९ साब्ला पार्टिगाउका स्थायी बासिन्दा हुन् ।