अधिबेसनमा भएको कुरा भुलेर सकृय हुनु पर्छ ः कांग्रेस सचिब खड्का

रामेछाप । नेपाली कांग्रेसका युवा नेता तथा नेपाली कांग्रेस रामेछापका सचिब दिपक खड्काले अधिबेसनमा भएको कुरा भुलेर संगठन बिस्तारमा सकृय भएर लाग्नु पर्ने बताएका छन् । नेपाली कांग्रेस गोकुलगंगा गाउँपालिका–५ नामाडीले आयोजना गरेको दशै तिहारको शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रममा बोल्दै खड्काले अधिबेसनको समयमा कस्ले के गरे कस्ले के भने सबै भुलेर एक जुट भएर सकृय हुनु पर्ने बताए । वडा सभापती भरत बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खड्काले सबै कांग्रेसीजनमा दुर्गामाताले एकताको शक्ती दिने विश्वास ब्यक्त गरेका छन् । कार्यक्रममा नेपाली कांग्रेस प्रदेश (क) सचिब कुलराज सुनुवार गोकुलगंगा गाउँपालिकाका सचिब कैलाश सुनुवार र सह सचिब सुमन खड्काले कोरोना संक्रमणको अन्त्य गर्न र देशमा शान्ति स्थापना गर्न दुर्गा भवतीले सम्पुर्ण नेपाली नागरीकमा शक्ति प्रर्दान गर्ने बिश्वास ब्यक्त गरेका छन् । कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।

Facebook Comments Box