अदालतका दुई कर्मचारी घुससहित पक्राउ

जिल्ला अदालतका दुई नापी निरीक्षक घुससहित कोटहीमाई गाउँपालिका वडा नं.(१ बोगडियाबाट पक्राउ गरेको छ । रुपन्देही जिल्ला अदालतका नापी निरीक्षक (सर्वेक्षक) द्वय सुमित चौलागाई र मनोज थापालाई पाँच हजार घुससहित पक्राउ गरेको हो । रुपन्देही जिल्ला अदालतमा परेको जग्गा सम्बन्धी मुद्दाको नापजाँच कार्यमा सहजीकरण गरिदिनका लागि सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।
सेवाग्राहीसँग चौलागाई र थापाले घुस मागेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उक्त रकम घुस लिइसकेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको आयोगका सहायक प्रवक्तागणेश बहादुर अधिकारीले जानकारी दिए ।